छात्रवृत्तिमा एमबीबीएस डाक्टर पढाउँदै कनकासुन्दरी

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एबीबीएस डाक्टर पढाउने भएको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम पालिकाले लगानी गर्ने गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिनुभयो ।

गएको बर्षदेखि कनकासुन्दरी गाउँपालिका-५ निवासी प्रिन्ता हमाललाई गाउँपालिकाले ५० प्रतिशत छात्रवृत्तिमा चिकित्सा शिक्षा एबीबीएस पढाउँदै आएको छ । हमाल गतवर्ष देखि नेपालगञ्ज मेडिकल कलेजमा एबीबीएस पढ्दै आएकी छिन । उनि अहिले दोस्रो वर्षमा अध्ययनरत छन् । चिकित्सा शिक्षा एबीबीएस अध्ययनका लागि हुने खर्च कुल ४६ लाखमा गाउँपालिकाले ५० प्रतिशत अर्थात २३ लाख रुपैयाँ प्रिन्सालाई छात्रवृत्ति प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा प्रदान गर्ने गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका-३ की कल्पना बुढालाई पनि एबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

बुढा क्रिस्ट कलेज ललितपुरमा अध्ययनरत छन् । अर्को कनकासुन्दरी गाउँपालिका-५ बढुवालवाडाका विवेक बढुवाल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै छन् । बढुवाललाई पनि गाउँपालिकाले प्रोत्साहन स्वरुप एक लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?