काठमाडौं । ‘द एन्जल्स ब्याण्ड’को गीत ‘कति छन्’ सार्वजनिक गरिएको छ । यस गीतमा ब्याण्डका प्रमुख गायक राजु लामाले स्वर दिनुभएको छ । गीतको संगीत र शब्द स्व. सुनिल बर्देवाले तयार पार्नुभएको थियो । यो गीतले नेपाली संगीतप्रेमीहरूमाझ बर्देवाको योगदानलाई पुनः ताजगी स्मरण गराएको छ । गीतको भिडियोमा द एन्जल्स ब्याण्डका सदस्यहरूको प्रस्तुति रहेको छ, जसमा गायक राजु लामासँगै राजेश, विकास र ताशी रहनुभएको छ ।
गीत आरएल डिजिटल रेकर्डिङ स्टुडियो, बाल्टिमोर, अमेरिकामा रेकर्ड गरिएको हो र भिडियो पनि अमेरिकामा नै तयार पारिएको छ । भिडियोको निर्देशन र छायांकन संगमले गर्नुभएको छ भने ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गर्नुभएको छ । भिडियो सम्पादनमा अन्जय खड्का र बालकृष्ण श्रेष्ठले सहकार्य गर्नुभएको छ । गायक लामाले भिडियोको अवधारणा तयार पार्नुभएको हो ।
यो गीत स्वर्गीय सुनिल बर्देवा (गुरु बा) लाई श्रद्धाञ्जली स्वरूप समर्पित गरिएको गायक लामाले बताउनुभयो । बर्देवा नेपाली पप संगीतका चर्चित गायक, गीतकार, संगीत संयोजक र गितारवादक हुनुहुन्थ्यो, जसले गितारमा विशेष दक्षता हासिल गर्नुभएको थियो । उहाँका ‘गोरटो अनि उस्तै छ गल्ली’ र ‘बिहानीमा’ जस्ता गीतहरू विशेष चर्चित छन् । बर्देवा सन् २०१६ मा ४४ वर्षको उमेरमा दिवंगत हुनुभएको थियो ।
‘द एन्जल्स ब्याण्ड’ नेपाली पप संगीतको क्षेत्रमा सन् १९९० मा स्थापित एक प्रतिष्ठित ब्याण्ड हो । सन् १९९१ मा पहिलो एल्बम ‘मौन जीवन’ सार्वजनिक गरेपछि ब्याण्डले ‘द एन्जल्स २’, ‘द एन्जल्स ३’, ‘द एन्जल्स ४’ र ‘बेस्ट अफ द एन्जल्स’ जस्ता एल्बमहरू पनि प्रस्तुत गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच