लोकवार्ता परिषद नेपालले तेह्रौं संगोष्ठी कर्णाली प्रदेशमा सम्पन्न गरेको छ । मिति २०८१ कात्तिक ३ गते शनिबारका दिन मध्यपश्चिम विश्वविद्यालयको विज्ञान भवन सुर्खेतबाट उद्घाटन भएर कात्तिक १२ गते कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा तालको डिलबाट यो सङगोष्ठी समापन भएको छ । यो संगोष्ठी लोकवार्ता परिषद नेपालको लामो संगोष्ठी बन्न पुगेको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लालाई केन्द्र बनाएर अघि बढेको यो संगोष्ठीमाा विविध पाटाहरू उजागार भए । नब्बेवटा विचारपत्र प्रस्तुत गरिएको यो संगोष्ठीमा पहिलो उद्घाटन सत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यता थियो । लोकवार्ता परिषद् नेपालको तेह्रौं संगोष्ठीको अन्तिम कार्यक्रमका प्रमुख अतिथिका रूपमा जुम्लाका सभासद ज्ञानेन्द्र शाही उपस्थित भएका थिए ।
लोकवार्ता परिषद् गाउँमा गयो । गाउँमाजे पाक्यो त्यही खायो । भोक लागेको अवस्थामा चिउरा र दालमोठ हातमा लिएर पनि खायो । यो कार्यक्रममा विभिन्न विषयका प्राध्यापक, संस्कृतिविद्, लोकसमाजका भद्र व्यतित्वको उपस्थिति थियो । यो उपस्थिति नेताको भाषणमा भएको उपस्थिति भने थिएन । संस्कार, परम्परा र हाम्रा मान्यता लोप हुन लागे । तिनको संरक्षण हामी सबैको दायित्त्व हो भन्ने भावनाले भरिएका लोकजीवनसित मितेरी गाँसेका व्यक्तिहरूको जमघट थियो लोकवार्ता परिषद् नेपालको यो कार्यक्रम ।
संस्कृति जोगाऔं
प्रा.डा.भवेश्वर पँगेनीको अध्यक्षतामा गठन भएको लोकवार्ता परिषद हिमाली जिल्लाको संस्कृति, परम्पराको संरक्षण र सम्बद्र्धनमा सक्रिय रहेको देखियो । कर्णाली प्रदेशका संयोजक मनोहर लामिछानेको संयोजकत्वमा गठित समितिले यो लोकवार्ता परिषदको तेह्रौं संगोष्ठीलाई सम्पन्न गरेको थियो । लोकवार्ता परिषदको यो यात्रा आफैंमा चमत्कारजनक थियो । स्थानीय सरकारका प्रतिनिधिहरू र स्थानीय बासिन्दाले मुक्त कण्ठले स्वागत गरेको देखियो । यो स्वागत सामान्य राजनीतिक स्वागत थिएन ।
संस्कृति, परम्परा र हामीभित्र रहे पनि लोप हुन आँटेका परम्पराको संरक्षण लोकवार्ता परिषद् नेपालले गर्नेछ भन्ने विश्वासमा अडिएको थियो । आजको पुस्ता गतिशील सक्षम र सबल छ तर यस पुस्तासित हाम्रा प्राचीन सभ्यता, परम्परा र तिनले बहन गरेका भावना र संस्कारलाई जोगाउने तथा तिनलाई बाहिर ल्याउने चाह भएन ।
संस्कृति, परम्परा र हामीभित्र रहे पनि लोप हुन आँटेका परम्पराको संरक्षण लोकवार्ता परिषद् नेपालले गर्नेछ भन्ने विश्वासमा अडिएको थियो । आजको पुस्ता गतिशील छ । आजको पुस्ता सक्षम र सबल छ । तर यो पुस्तासित हाम्रा प्राचीन सभ्यता, परम्परा र तिनले बहन गरेका भावना र संस्कारलाई जोगाउने तथा तिनलाई बाहिर ल्याउने चाह भएन । लोकवार्ता परिषद् जहाँ गयो त्यहाँका लोकबाजा र लोकनृत्यले स्वागत पायो । स्वागतमा जुन किसिमको सहभागिता थियो स्थानीयले लोकवार्ता परिषद्माथि विश्वास गरेको देखिन्थ्यो ।
हामी लोकसमाजमा विद्यमान् रहेका संस्कृति, परम्परा, मान्यताको संरक्षणका लागि हिँडेका हौं भन्ने प्रा.डा.भवेश्वर पँगेनी अर्थात् लोकवार्ता परिषद् नेपालका अध्यक्षको अभिभ्यक्ति र हामी सुख र घुम्नका लागि होइन समाजमा लुकेर रहेका र बाहिर ल्याउन नसकेका संस्कृति, लोक परम्परामा रहेका मान्यताको संरक्षणका लागि हिँडेका हौं भन्ने महासचिव प्रा.डा.ध्रुव भट्टराईको सहभागीलाई दिएको अभिव्यक्तिले सहभागीलाई साह्रै चित्त बुझाएको थियो । यो यात्राका स्थानीय तथा सहभागी हुने सामान्य व्यक्ति थिएन । अन्वेषक, खोजकर्ता, जिज्ञासु र अध्ययन कर्ता थिए । हामीले हाम्रो परम्परालाई र हाम्रा पुर्खाले दिएका सामग्रीको संरक्षण गर्नुपर्दछ भन्ने भावनाले भरिएको थियो ।
नेपाल संस्कृतिका क्षेत्रमा विशाल छ भन्ने भावलाई यो यात्राले सम्झाएको छ । नेपालको प्राचीन सिञ्जा राज्यको यो यात्राले जुन किसिमका उत्साह सहभागी भएका अनुसन्धानकर्तामा जसरी थप्यो त्यसले स्थानीयमा लोकवार्ता परिषद् संस्कृति र परम्पराप्रति सजग छ भन्ने तथ्यलाई दर्शाएको देखियो । संसारका सबै देशका आफ्नै प्रकारका संस्कृति छन् । तिनको जगेर्ना त्यही देशका नागरिकले गर्ने हो । नेपाल विविध संस्कृतिले भरिएको राज्य हो । यसको पहिचान भाषा, संस्कृतिमा देखिएको विविधतामा मानिन्छ । संस्कृतिको संवाहकका रूपमा स्थापना गरिएको लोकवार्ता परिषद् गाउँ पस्यो । यसको आफ्नो भन्नु नै गाउँले जीवनसितको मितेरी हो । त्यसैले लोकवार्ता परिषद् नेपाल संस्कृति, परम्परारसमाजमा रहेका हाम्रा पुर्खाहरूबाट पाएका धरोहरको रक्षा गर्नु थियो । रक्षा गर्न र तिनलाई जनसामु ल्याउन लोकवार्ता परिषद् नेपाल गाउँमै पसेको हो ।
लोकमा विश्वास हाम्रो परम्परा हाम्रो पहिचान भन्ने मूल नारासहित कर्णालीमा प्रवेश गरेको लोकवार्ता परिषदको तेह्रौँ सङ्गोष्ठीले लोकमा विश्वास जगाएको छ । लोकमा आफ्ना परम्पराप्रति आस्था रहेको हुन्छ । लोकका मानिसमा आफ्नो पहिचानलाई जीवन्त बनाउने र संरक्षण गर्ने संस्थाप्रति विश्वास देखिने गरेको हुन्छ । यही विश्वास लिएर गाउँले जनमा छिरेको लोकवार्ताले लोकमा रहेका सामान्य र स्थापित भएका मान्यताको संरक्षणमा विश्वास देखाएका छन् । विश्वास लोकवार्ता परिषद्ले विकास गरिदेला भनेर होइन । उनीहरूको विश्वास हामीभित्र रहेको संस्कृतिको लिपिबद्धता हो ।
हामीभित्र र हामीसित रहेको संस्कृति परम्परा र पितापुर्खाले दिएको सम्पत्तिको रक्षा गर्नेछन् भन्ने विश्वास थियो । लोकवार्ता परिषद जहाँजहाँ गयो त्यहाँका वरिष्ट र मान्य व्यक्तिले स्थानीय तहमा रहेका परम्परा, मान्यता तथा नेपाल सरकारले नचिनेका र नदेखेका स्थान, नाच बाजाका बारेमा गोष्ठीपत्र प्रस्तुत गरेको देख्दा वास्तवमा नेपाल संस्कृतिको विशाल भण्डारले व्यवस्थितबनेको राज्यका रूपमा देखियो । नेपालको दूरदराज र तिनको काखमा मानवीय भावना, संस्कृतिप्रतिको आस्था, परम्पराप्रति विश्वास छ भन्ने सन्दर्भलाई झल्काएको देखियो । आधुनिक सभ्यताको पहिचान नपाएका, हाम्रो संस्कार र पद्धतिलाई हामीले जोगाउने हो भन्ने भावनाले भरिएका, संस्कार र संस्कृतिप्रति अटुट आस्था भएका, जीवनलाई जीवनका रूपमा बाँच्न खोज्ने गाउँलेका अभिव्यक्तिमा मिठास थियो ।
मानिसको जीवनमा देखिने परिवर्तन आफैंमा सबलपन हो । यो यात्राले जुटाएको जीवनको महत्तालाई गतिलो तरिकाले बहिर ल्याएको पनि छ । सुर्खेतको सुगम, दैलेखको नेपाली भाषा साहित्यको पहिचान र विविध किसिमका सांस्कृतिक नाच पनि घतलाग्दा नै देखिएका थिए ।
भाषा नबुझे पनि ती कर्णाली प्रदेशका जनताले दिएको आतिथ्य, सत्कार र मायालाई कहिले पनि लोकवार्ता परिषद नेपालले बिर्सने छैन । जीवनका हरेक क्षणलाई गाउँको विकासमा खर्च गर्ने स्थानीय सरकारको सत्कारलाई पनि लोकवार्ता परिषद् नेपालले सदा सम्झिरहनेछ । मानिस आफैंमा सबै होइन तर उसले आफ्ना पुर्खाबाट अर्जेको सम्पत्ति भनेको आफ्नोपन हो । त्यही आफ्नोपनमा रमाएका कर्णालीका वासिन्दा धन्य हुन् हामी शहरी सभ्यतामा हुर्केका व्यक्तिहरूका लागि । आफ्नो पहिचान आफ्नोपनलाई नबिर्सेका कणाली प्रदेशका बासिन्दाप्रपति लोकवार्ता परिषद् आभारी छ ।
कृतिको सार्वजनिकीकरण
लोकगीत र लोकसाहित्यका अध्येता डा. भक्त राईको नेपाली लोकगीतको परिचय, प्रवीण पुमाको सुम्निमा पारुहाङ (नाटक) गायत्री पराजुलीको तीजपर्वको तरंग नामक यी तीन कृति रारातालको किनारमा नेपाली साहित्यका मूर्धन्य विद्वान् र लोकवार्ता परिषद् नेपालका विशिष्ट व्यक्तित्वबाट सार्वजनिक भए । सन्ध्याकालको चिसो सिरेटोमा बाहिर आएका यी कृतिले नेपाली साहित्यको गीत तथा नाटकका क्षेत्रमा ठूलो योगदान दिने विश्वास लोकवार्ता परिषद्को सबै समूह र सहभागीले लिएका छन् । कृतिकारलाई बधाइ छ । नेपालको सबैभन्दा ठूलो र उच्च क्षेत्रमा अवस्थित रारातालमा आफ्नो कृतिलाई बाहिर ल्याउनु भएकोमा ।
यात्राका केही तथ्यहरू सारै घतलाग्दा थिए । भोजन, बसाइ, उठाइ र नित्यकर्ममा देखिने तदारुकताले यात्रालाई रोचक बनाएको थियो । बोल्दाबोल्दै अंग्रेजी शब्द प्रयोग भएमा प्रतिशब्द पचास रूपियाँ तिर्नुपर्दा बोल्दा सचेत हुने अवस्था देखापरेको थियो । उक्त रकमलाई लोकवार्ता परिषद्को समूहले खाजाका निम्ति प्रयोग गरेको थियो । सारै भोकले छट्पटिँदा बुका चिउरा र दालमोठ हातमा थापेर खाएको कुराले पनि गाउँको र बाल्यकालको समयलाई सम्झाएको थियो । हामी सवारीसाधनमा बसेपछि केही न केही बोल्नुपर्ने अवस्थाले पनि एक अर्काबीचको परिचय र ज्ञानको भण्डार फराकिलो बनेको थियो । जहाँ जे भेटियो त्यही खाने हाम्रो नेपालीपनको असल माध्यम लोकवार्ताको यो यात्रामा पंक्तिकारले अनुभव गरेको थियो । सामान्य यात्रा थिएन यो । यो यात्रामा नेपाली भाषा, संस्कृति, इतिहास र लोकलाई बुझेका विद्वान्हरूको सहभागिता त सारै नै रोचक देखियो ।
मानिसको जीवनमा देखिने परिवर्तन आफैँमा सबलपन हो । यो यात्राले जुटाएको जीवनको महत्तालाई गतिलो तरिकाले बहिर ल्याएको पनि छ । सुर्खेतको सुगम, दैलेखको नेपाली भाषा साहित्यको पहिचान र विविध किसिमका सांस्कृतिक नाच पनि घतलाग्दा नै देखिएका थिए । दैलेखको तरवार नाचमा हिन्दू र मुसलमानको सँगैको सहभागिताले त नेपाली संस्कृतिको उद्गम सिञ्जाको राजधानी रहेछ भन्ने तथ्यलाई झल्काएको थियो । सिञ्जा गाउँपालिकामा गरिएको धामी नाच पनि साह्रै रोचक थियो । कर्णाली प्रदेश संस्कृति र परम्पराको धनी प्रदेश हो भन्नेमा कतै पनि शंका गर्ने अवस्था देखिएन ।
तिला नदीको किनारमा देखिएको मार्सी धान फल्ने खेतलाई हेर्दा जुम्ला तत्कालीन सिञ्जाको प्रदेशको राजधानी हो भन्ने तथ्यलाई झल्काएको देखियो । नेपालको कर्णाली प्रदेशमा उत्पादित जडिबुटी, फलफूलले बजार नपाएको अवस्था भने पक्कै पनि उदे्क लाग्दो थियो । लोकवार्ता परिषद् नेपालको यो कर्णालीको यात्रामा देखिएका रोचक तथा घतलाग्दा तथ्यलाई पनि हामीले मनन गरेका छौं । यो यात्रा संस्कृतिको जागरण यात्रा हो । यो यात्रा गाउँमा विद्यमान् रहेका र लोप हुन लागिका पुर्खाको चिनोलाई संरक्षण गर्ने यात्रा हो । यो यात्रा आफूलाई अनुसन्धानमा ढालेका व्यक्तिहरूको अध्ययनको पटभूमि हो जहाँबाट अनुसन्धानात्मक कृति र लेखहरू जन्मनेछन् । यादलाई ताजा गराउने र संयमको भकारी बोकेर खोजलाई निरन्तरता दिने लोकवार्ता परिषद् नेपाललाई खोज, अनुसन्धान र लोकजागरणमा लागि रहन शुभकामना व्यक्त गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच