काठमाडाैं । भनिन्छ बिहानीले दिनको संकेत गर्छ । बिहान तपाईं कति बेला उठ्नु हुन्छ ? के गर्नु हुन्छ ? भन्ने कुराले दिनचर्यामा प्रत्यक्ष प्रभाव पार्छ ।
मानिसको दैनिकी फरक फरक हुन्छ । राति अबेर सम्म काम गर्नुपर्ने बाध्यता धेरैको हुनसक्छ । तर नियमित दैनिकी भएकाहरुका लागि सबेरै उठ्नु सबैभन्दा धेरै स्वस्थकर हुने विभिन्न अध्ययनले देखाएको छ ।
यदी बिहान सबेरै उठेर तपाईंले ३ कुरालाई व्यवस्थापन गर्न सक्नुभयो भने शरीरमा स्फूर्ति बढ्नुका साथै रोगले आक्रमण गर्ने ठाउँ पनि कम मा पाउँछ ।
योग ध्यान गर्नुहोस्
पछिल्लो समय योग फेसनकै रुपमा विकास भएको छ । तर यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ । बिहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । बिहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । बिहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । बिहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।
बिहानै तामाका भाँडाको पानी पिउनुस्
सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । बिहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यस्तै बिहानै तामाको भाडोको पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो छालालाई पनि राम्रो बनाउँछ । तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।
हत्केलाको दर्शन गर्नुहोस्
बिहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्ने धार्मिक विश्वास छ । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । बिहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच