लुम्बिनीमा हजारौं बेडको अस्पताल बनाउन सके बौद्धमार्गीहरु बच्चा जन्माउन नेपाल आउँछन् : डा. भण्डारी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावना रहेको बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, 'लुम्विनीमा गौतम बुद्धको ठाउँमा जानुस् । बच्चा जन्माउने ठूलो हस्पिटल बनाई दिनुस् । हजारौं बेडको । संसारभरीका बुद्धमार्गीहरु सन्तान जन्माउन आउँछन् ।'

सांसद भण्डारीले समय अनुसार आफूहरु चल्न नसकेको बताउँदै नेपाल सम्भावना नै सम्भावनाको देश रहेको उल्लेख गर्नुभयो ।

उहाँले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग समेत गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेट ग्राउण्ड त बनाई देऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटी बनाई दिउ न । बजेट छुट्टयाई दिऊन तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले या कुरालाई पनि बुझनु पर्छ । यसलाई हामीले पाठ्यक्रममा राखि दिऊ । यिनीहरुको बारेमा विश्वविद्यलाय बनाउनू । अझ माउन्टेन्ट चढने कुराका लागि विश्वविद्यालय बनाई दिउ त । कहाँ–कहाँका व्यक्तिहरु आउँछन् । लुम्विनीमा गौतम बुद्धको ठाउँमा जानुस् । बच्चा जन्माउने ठूलो हस्पिटल बनाई दिनुस् । हजारौं बेडको । संसारभरीका बुद्धमार्गीहरु सन्तान जन्माउन आउँछन् । के छैन नेपालमा ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समय अनुसार चल्न सकेनौ कि । समय बुझेनौ कि ? महल बन्छ । त्यसको बारेमा सोच्न पर्दैन । ’

सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धि विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।

सांसद भण्डारीले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको पटकपटक दोहो¥याउनु भयो । हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढने स्मरण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?