काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपराह्नबाट पानीको बहाव घट्न थालेको हो ।
शनिबार अपराह्नबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयाे । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ ।
बिहान मौसम पूर्वानुमान शाखाले सप्तकोसीमा पानीको सतह धेरै बढ्ने भनेर पूर्वसूचना जारी गरेको थियो । हाल कोसी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन