सर्लाहीमा करेन्ट लागेर किशोरको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाही जिल्लाको गौडेता नगरपालिका-५, रामवनमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । श्याम बाबु ठाकुरका १७ वर्षीय छोरा अमलेख ठाकुर घरको सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घटनापछि उनलाई तुरुन्तै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पतालमा राति ९:४० बजे चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

घटना जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी निरीक्षक नारायण कुमार दाहालको कमाण्डमा तीन सदस्यीय टोली घटनास्थलमा खटिएको थियो । मृतकको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?