काठमाडौं । यही कात्तिक १५ देखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ । सिनेमाघरहरूमा आक्रमण व्यापार गरिरहेको यो चलचित्रलाई डा.शिवशंकर बस्यालले आफ्नो उपन्यासको कथा चोरेको आरोप लगाउनुभएको हो । लेखक डा.बस्यालले दश बुँदे कथाको प्लट सार्वजनिक गर्दै चलचित्रको मूल कथा आफ्नो उपन्यास ‘संग्रामपुर’सँग मिलेको दाबी गर्नुभएको हो । चलचित्रको ट्रेलर हेर्दा नै शंका लागेको र चलचित्र हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा चलचित्रको मूल कथासँग मिलेको उहाँको भनाइ छ ।
लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस चलचित्रले कैयौं कीर्तिमान बनाएको यो चलचित्रलाई डा.शिवशंकर बस्यालले आफ्नो उपन्यासको कथा चोरेको आरोप लगाउनुभएको छ । चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाउनुभएको छ । पौडेलले कथा टिप्दा एकाध प्रसंग मिल्नसक्ने भए पनि ‘कथा चोरी’को आरोप नाजायज र फजुल रहेको बताउनुभएको छ ।
उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु-छोराको सम्बन्धलगायत चलचित्रको मूल भावसँग मेल खाएको बस्यालले दाबी गर्नुभएको छ । ‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छायाँ चित्रसँग मिल्छन् । केही प्रसंगहरू विल्कुलविपरीत रूपमा प्रयोग गरिएका छन् । पूर्णबहादुरको सारंगीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ । तसर्थ यो संयोग होइन, यो नियोजित हो,’ लेखक बस्यालले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ मिल्दा बोल्ने नैतिक दायित्व भएको उहाँले उल्लेख गर्नुभएको छ । सरोज पौडेलको कथा र निर्देशन रहेको यस चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेख्नुभएको हो भने मुख्य भूमिकामा विजय बराल हुनुहुन्छ । चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुनुहुन्छ भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुनुहुन्छ । बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको यस चलचित्रले नेपालमा अत्यधिक शो पाउने चलचित्रको रेकर्डसमेत बनाइसकेको छ ।
नाजायज र फजुल आरोप : निर्देशक पौडेल
चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाउनुभएको छ । उपन्यासकारको दाबीलाई निर्देशक पौडेलले पूर्णरूपमा अस्विकार गर्नुभएको छ । एउटै समाजभित्रको कथा टिप्दा एकाध प्रसंग मिल्न सक्ने भए पनि ‘कथा चोरी’ को आरोप नाजायज र फजुल रहेको उहाँको भनाइ छ ।
आफूले अहिलेसम्म संग्रामपुर उपन्यास नपढेको मात्र नभएर नामसमेत नसुनेको पौडेलले जिकिर गर्नुभयो । ‘पूर्णबहादुरको सारंगी’को कथा आफ्नो पिताको देहान्तपछि लेखेको र यो विसुद्ध रूपमा आफ्नो मौलिक सिर्जना भएको पौडेलको भनाइ छ । ‘यो पूर्णरूपमा काल्पनिक कथा हो । कतैबाट पनि प्रभावित छैन । यदि मिल्न गएको खण्डमा त्यो संयोग हुने छ,’ पौडेलले भन्नुभयो । यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानुनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिनुभएको छ ।
‘यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फण्डा र चलचित्रलाई हानी पुर्याउने षड्यन्त्र हो । रेकर्ड मा रेकर्ड हुँदैछ, अब चलखेल सुरु हुँदैछ । तर, हामीलाई दर्शक को साथ छ । बाँकी त हामी अरूलाई टेरिँदैन,’ पौडेलले भन्नुभएको छ ।
बक्स अफिसमा कीर्तिमान
लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस चलचित्रले कैयौं कीर्तिमान बनाएको छ ।
चलचित्रले शनिबार कुनै पनि नेपाली चचित्रले एकै दिन पाएको शो को नयाँ कीर्तिमान बनाएको छ । यो चलचित्र निर्माण कम्पनी सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको हो ।
यसअघि यस चलचित्रले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर कीर्तिमान बनाएको थियो । यो कीर्तिमान यसअघि यो रेकर्ड दशँैको घटस्थापनाको दिन चलचित्र ‘बेहुली फ्रम मेघौली’को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।
‘पूर्णबहादुरको सारंगी’ले पहिलो सातामा आठ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले यो चलचित्रले बक्स अफिस कलेक्सनमा पनि नयाँ कीर्तिमान बनाउने निश्चित देखिन्छ ।
अहिले पनि चलचित्रको टिकटको अभाव देखिएको छ । यो चलचित्रले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘केटी हराएको सूचना’को रिलिज स्थगन गरिएको छ ।
बस्यालले मिल्दोजुल्दो दाबी गरेका १० प्रसंग
१.पूर्णबहादुर र कमल चलचित्रका दुईमात्र मूल पात्र हुन् । जसरी सगं्रामपुर उपन्यासमा रूपमान र समीर !
२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसंग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसंग जस्तै रहस्यमयी छ ।
३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन् ।
४.आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक-पटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्दो छ ।
५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यंग्य गरेका छन्, समीरलगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।
६. पूर्णबहादुरको सारंगीको कमल पनि संग्र्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।
७. त्यही टप भएको खबर संग्र्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारंगीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
८. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारंगीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
९. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर संग्र्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
१०.रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच