काठमाडौं । पछिल्लो समय सुस्ताएको सेयर बजारमा साताको पहिलो दिन आइतबार भने ६२.५४ अंकले बढेर २७३८.०६ अंकमा पुगेको छ । तिहार र छठपछि पहिलोपटक खुलेको बजारमा तीन सय २५ कम्पनीका दुई करोड २४ लाख ७४ हजार दुई सय २१ कित्ता सेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको कारोबार भएको छ ।
दुई सय २८ कम्पनीको सेयर मूल्य बढेको छ । गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रो, बलेफी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्सलगायतका नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ४० कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार सानिमा ग्रोथ फण्ड, समाज लघुवित्त, मिथिला लघुवित्तलगायतको सेयर मूल्य भने धेरैले घटेको छ । सानिमा जिआइसीको सबैभन्दा धेरै अर्थात् ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण बढेर ४३ खर्ब ५८ अर्ब ८६ करोड ६५ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच