काठमाडौं । अन्य क्षेत्रजस्तै नेपाली गीतसंगीत क्षेत्रमा पनि नयाँ पुस्ताको संलग्नता बढ्दै गएको छ । सानैदेखि नेपाली गीतसंगीतमा रुचि राख्ने शुष्मा शाही ठकुरी पनि नयाँ पुस्ताकी कलाकार हुनुहुन्छ । तनहुँ जिल्लाको भीमाद नगरपालिका-९ ढोरफिर्दीमा २०५२ साल चैत १९ मा जन्मिनुभएकी ठकुुरीले २०७० सालदेखि औपचारिक रूपमा सांगीतिक यात्रा सुरु गर्नुभएको हो ।
शुष्माको स्वरमा ‘एकै रातैले, दमौलीमा गेट, सानी’लगायत दर्जनौं गीत छन् । २०७४ सालदेखि लोकदोहोरी प्रतियोगितामा भाग लिँदै आउनुभएकी उहाँले नेपाली मौलिक लोकगीतसंगीतमा पु¥याएको योगदानस्वरूप विभिन्न म्युजिक अवार्ड र पुरस्कार प्राप्त गर्नुएको छ । हालसम्म झण्डै पाँचसय सांगीतिक कार्यक्रममा सहभागिता जनाइसक्नुभएकी ठकुरीले स्वेदशमात्र नभई मलेसिया, युएई, थाइल्याण्ड, सिंगापुरलगायतमा आफ्नो प्रस्तुति दिइसकेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच