काठमाडौं । गीतकार कालीप्रसाद रिजाललाई सगरमाथा दीर्घसाधाना सम्मान अर्पण गरिएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड सम्मान समारोहमा वरिष्ठ गीतकार रिजाललाई दीर्घसाधाना सम्मान अर्पण गरिएको हो ।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार सम्पन्न समारोहमा गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६९६ रुपैयाँसहित गीतकार रिजाललाई सम्मान अर्पण गर्नुभएको थियो ।
समारोहमा सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, ८४८ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो भने सगरमाथा कला पत्रकारिता सम्मानबाट नेपाल समाचारपत्रकी सम्वाददाता रश्मि थापालाई सम्मान गरिएको थियो । यस्तै, सगरमाथा शिक्षा सेवा सम्मानबाट शिव थापा, समाजसेवा सम्मानबाट भगवान कार्की सम्मानित हुनुभएको थियो । जुरीतर्फ यज्ञराज गिरी (राज टाइटर), कलाकार रिना थापामगर, साउण्ड मिक्सिर मनोज परियारलाई सम्मान गरिएको थियो ।
सञ्चारकर्मी दीपज्योति थापाले सहजीकरण गरेको समारोहमा ‘वीर नेपाली सेना’ बोलको गीतबाट गीता पाण्डे सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, चलचित्र ‘ऐंचो पैंचो’को ‘काले केटाले’बाट आषिश अविरल चलचित्र गीत, ‘जुन मायाको पूजा गरेँ’बाट नारायण थापा पप आधुनिक गायक, ‘सुनौली बिहानी-२’ बाट सञ्जना श्रेष्ठ पप आधुनिक गायिका, ‘हे बरैबाट’ तारा अधिकारी पप आधुनिक गीतकार, ‘एक चिम्टी सिन्दुर’बाट सरोज कोइराला, पप आधुनिक संगीतकार, ‘म हास्दा’बाट सागर खनाल, पप आधुनिक मोडल ‘दुःख टर्या’ छैनबाट शिव सुुवेदी, लोक दोहोरी शब्द ‘त्यो मन रुन्छ रुन्न खै’बाट शम्भु कुँवर, लोक दोहोरी लय ‘घुमाउने घर’बाट पुष्प खड्का र ‘ठूली’बाट रजनी गुरुङ, लोक दोहोरी मोडल, ‘जिन्दगी त सँगै’बाट दीपक गिरी, म्युजिक भिडियो छायांकार ‘लमजुङको पानी रसिलो’बाट उमेश गुरुङ, म्युजिक भिडियो निर्देशक ‘जीवनको रेल’बाट वीरेन्द्र भाट विपिन म्युजिक भिडियो सम्पादकको अवार्ड विजेता बन्नुभएको थियो ।
समारोहमा संयोजक मनोज थापाले स्वागत मन्तव्य राख्दै सम्मानित र अवार्ड विजेतालाई बधाई ज्ञापन गर्नुभएको थियो भने प्रमुख अतिथि कोइरालाले गीतकार कालीप्रसाद रिजाललाई सम्मान गर्न पाउँदा सम्पूर्ण कला जगतका साथै आफू पनि सम्मानित भएको महसुस गरेको सुनाउनुभयो ।
कार्यक्रमका सभापति तथा अवार्ड प्रमुख पुरुषोत्तम बस्नेतले केही समयअघि छैटौं संस्करणको अवार्ड थाइल्यान्डको बैंककमा २५ जनाको टोलीसहित भव्यरूपमा सम्पन्न गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच