काठमाडौं । प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम भन्ने नाराका साथ यही कात्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीको मेला हुने भएको छ । विद्युत् तथा विद्युतीय सामग्री व्यवसायमा आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ‘फिन इलेक्ट्रो टेक–२०२४’ आयोजना हुन लागेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जाको प्रवद्र्धनका साथै सम्बन्धित क्षेत्रका पछिल्ला नवीनतम उपलब्धिबारे सूचना आदान-प्रदान, उपभोक्ता ऊर्जाको व्यवस्थित खपतको महत्वलाई उजागर गर्न मेलाबाट सहयोग पुग्ने आयोजकले जनाएको छ । ट्रान्सवेल ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ को हलभित्र ४४ ब्लक, २८ स्टल रहेको एक प्याभिलिएन र हलबाहिर डोममा २६ वटा स्टल रहनेछन् । आयोजकका अनुसार यसपटकको फिन इलेक्ट्रो टेकमा इण्डियन चेम्बर अफ कमर्सले हलभित्रका २८ स्टल रहेको प्याभिलिएनमा इण्डिया पावर शोेका लागि इण्डियन उद्योगी व्यवसायीले बुकिङ गरिसकेका छन् ।
मेलामा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्री रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । इलेक्ट्रो टेक प्रत्येक दुर्ई वर्षमा आयोजना हुँदै आएको छ । यस वर्ष ११औँ संस्करणको आयोजना हुन लागेको हो ।
नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), नेपाल इञ्जिनियर्स एसोसिएसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जलविद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रिकल कन्ट्राक्टर एसोसिएसन र सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्सलगायतका संस्थाको सहभागिता रहनेछ । मेलामा स्वदेशी उत्पादनका साथै भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्ससम्बन्धी उत्पादन रहने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच