✍️ पुरुषोत्तम घिमिरे
नेताले साँच्चिकै राजनीतिक स्थायित्व चाहेको हो भने पहिलो नम्बरमा निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ । हाम्रो निर्वाचन प्रणाली साह्रै महँगो र अव्यवस्थित छ । पैसा हुनेले दलको टिकट पाउँछन् निर्वाचन जित्छन् पैसा नहुनेले न टिकट पाउँछन् न निर्वाचन जित्छन् । पैसामा टिकट किनबेच हुन्छ मासुभात मदिरामा भोट किनबेच हुन्छ । पैसा खर्च गरेर निर्वाचन जित्नुपर्ने भएपछि ती निर्वाचन जितेका सांसदले भ्रष्टाचार नगरे के गर्छन् ? उनीहरूले पनि लिएको ऋण तिर्नैपर्र्छ अनि निष्ठाको राजनीति गर्छु भनेर सम्भव छ ? राजनीतिलाई व्यापारीकरण गर्नुभएन स्वतन्त्र छाड्नुप¥यो । नेताहरूले राजनीतिलाई मनलागी चलाएका छन् नीति नियमानुसार होइन आफू अनुसार चलाएका छन्् जसका कारण राजनीति मियोविनाको दाइँ भएको छ ।
निष्ठाको राजनीति गर्नले अवसर पाउँदैन जो चाकडी चाप्लुसी गर्न सक्छ त्यसले नै अवसर पाउँछ । राजनीतिले नै भ्रष्टाचार गर्न छुट दिएको छभन्दा फरक पर्दैन । नेताहरू व्यापारीसँग साँठगाँठ गरेर निर्वाचनमा जाने अनि ती व्यापारीले नेताबाट फाइदा नलिए कोबाट लिने । स्थानीय तह होस्, प्रदेशमा होस् या केन्द्रमा हरेक ठाउँमा पैसा नभई कसैले टिकट पाउनेवाला छैैन । देश बनाउने सोच बोकेर राजनीतिक यात्रा कसैले थालेका होइनन् सबैले आआफ्नो दुनो सोझ्याउन राजनीतिमा आएका हुन््भन्दा फरक पर्दैन ।
जनताले नेताको गलत प्रवृत्तिको विरोध गरेका हुन् यसलाई मनन् गरेर अघि बढ्नुपर्र्छ । कसले के भन्योभन्दा पनि मैले के गर्नुपर्छ भनेर सोच्ने बेला आएको छ । हामीभन्दा पछि स्वतन्त्र भएका मुलुकहरू विकासको चरम बिन्दुमा पुगेका छन् हामी भने झन् तल झन् तल झर्दै गएका छौं ।
धेरै वर्षअघिदेखि राजनीतिमा लागेकाले अवसर पाउँदैनन् हिजो राजनीति सुरु गरेकाले अवसर पाउँछन् । यसले गर्दा असल कार्यकर्ता पाखा लाग्दै गएका छन् । राम्राले होइन हाम्राले अवसर पाउँदैगएका छन् । जबसम्म यो र यस्तो प्रवृत्तिको अन्त्य हुँदैन तबसम्म देशले राजनीतिक स्थायित्व पाउन सक्दैन । बोलेरमात्र देशमा संवृद्धि आउँदैन, त्यसका लागि केही महत्वपूर्ण काम गर्नुपर्र्छ । ६ दशक नाघेका नेताले देशको बारेमा सोचेर अघि बढ्दैनन् भने देश विकास कसरी र कहिले होला ? जनताले नेताको विरोध गरेका छैनन् गर्दा पनि गर्दैनन् ।
जनताले नेताको गलत प्रवृत्तिको विरोध गरेका हुन् यसलाई मनन् गरेर अघि बढ्नुपर्र्छ । कसले के भन्योभन्दा पनि मैले के गर्नुपर्छ भनेर सोच्नेबेला आएको छ । हामीभन्दा पछि स्वतन्त्र भएका मुलुकहरू विकासको चरम बिन्दुमा पुगेका छन् हामी भने झन् तल झन् तल झर्दै गएका छौं । देशमा जबसम्म राजनीतिक स्थायित्व हुँदैन तबसम्म विकास सम्भब छैन । अझ समस्याका रूपमा देखिएको समानुपातिक निर्वाचन प्रणाली यो त देशका लागि ऐँजेरु भएको छ ।
हिजो संविधान बनाउँदा सबै जातजाति भाषाभाषीको पँहुच होस् भन्नका लागि समानुपातिक निर्वाचन प्रणाली राखियो त्यो ठीक छ अहिले देशमा संविधान बनिसक्यो अब केका लागि चाहियो समानुपातिक निर्वाचन प्रणाली नेताका आफ्नो मान्छे सांसद मन्त्री बनाउँन ? जो व्यक्तिलाई जनताले रुचाउँदैनन् तिनलाई मन्त्री सांसद बनाउन यो निर्वाचन प्रणाली नहटाएको हो भन्ने प्रष्ट देखिएको छ । जबसम्म समानुपातिक निर्वाचन प्रणाली हट्दैन तबसम्म एउटा दलले सरकार बनाउन सक्दैन र जबसम्म एउटा दलले सरकार बनाउन सक्दैन तबसम्म देशमा राजनीतिक स्थायित्व आउँदैन । समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ । अब आँखा खोल्नुहोस् नेताज्यू निधाएको अभिनय गरेर नबस्नुहोस् ढिलो भइसक्यो ।
अहिले जनताले प्रतक्ष्य निर्वाचित प्रधानमन्त्री प्रत्यक्ष्य निर्वाचित राष्ट्रपति भन्न थालिसकेका छन् । अब पनि त्यही पुरानो रटान लगाएर हुन्छ ? जनताले प्रधानमन्त्री छान्न पाउनुप¥यो अनि जनताको प्रधानमन्त्री हुन्छ । अहिले त नेताले छानेको प्रधानमन्त्री जनताको हुनै सकेको छैन । नेताले छानेको प्रधानमन्त्री जनताको बारेमा के सोचोस् नेताकै बारेमा सोच्नु स्वाभाविक हो । जनताले नै प्रधानमन्त्री चुन्ने व्यवस्था संविधानमा राख्नुप¥यो । संविधान संशोधन गर्नु भनेको होइन यी विषयमा संविधान संशोधन हुनुपर्छ भनेको हो । नेताले छानेको प्रधानमन्त्रीले देश विकास गर्न सकेन अब जनताले छानेको प्रधानमन्त्री भयो भने केही गरेर देखाउनेछ । सधैं राजनीतिक फोहोरी खेल खेलेर जनतालाई गुमराहमा राखेर आफ्नो दुनो सोझ्याउने काम नगरौं ।
देशको अर्थतन्त्र धराशयी बन्दै गएको छ । विदेशीसँग ऋण मागेर देश चलाउनुपर्ने अवस्था छ । यस्तो अवस्था कहिलेसम्म रहने हो ? ऋण मागेर देश चलाउने । ऋण दिनेले पनि त्यत्तिकै दिँदैन अनि ऋण चाहिँ कसरी तिर्ने म मरिहाल्छु आउने पुस्ताले जे गरोस् गरोस् भनेर सोच्नु भएन ।
अहिले लगभग दुईतिहाइको सरकार छ यो सरकारले देश र जनताका बारेमा नसोचे कसले सोच्ने ? हिजोसम्म बहुमतको सरकार नभएर केही गर्न सकिएन भनेका दलका लागि अब त त्यो पनि भन्नुपरेन । कांग्रेसको उद्देश्य देश बनाउने हो एमालेको उद्देश्य पनि देश बनाउने हो भनेपछि देश विकास गर्न अब रोक्यो केले ? हाम्रो देश बनाउने विदेशी देश आएर होइन यिनै नेताहरूले नै हो त्यसकारण नेताहरूको सोचमा परिवर्तन आउन जरुरी छ ।
तन्त्रको मात्र परिवर्तनले देशमा विकास हुँदैन त्यसका लागि सोच परिवर्तन हुनुपर्र्छ । अनुहार परिवर्तन भएरमात्र भएन मानसिकतामा परिवर्तन आउनुपर्यो । अहिलेको यो सुनौलो अवसरलाई दलहरूले सदुपयोग गर्न सकुन् । देशमा के गर्दा राजनीतिक स्थायित्व हुन्छ भन्ने हामी जस्ता भुइँमान्छेले अनुमान लगाउन सक्छौं भने देश चलाउँछु भन्ने नेताहरूलाई थाहा नहुने कुरै भएन । थाहा हुँदाहुँदै पनि थाहा नपाएजस्तो गर्नु चाहिँ उचित होइन ।
देशको अर्थतन्त्र धराशयी बन्दै गएको छ । विदेशीसँग ऋण मागेर देश चलाउनुपर्ने अवस्था छ । यस्तो अवस्था कहिलेसम्म रहने हो ? ऋण मागेर देश चलाउने । ऋण दिनेले पनि त्यत्तिकै दिँदैन अनि ऋण चाहिँ कसरी तिर्ने म मरिहाल्छु आउने पुस्ताले जे गरोस् गरोस् भनेर सोच्नु भएन । जसले जसरी जतिसुकै भने पनि राजनीति स्थायित्व नभई समस्याको हल हुँदैन । हिजोदेखि आजसम्म भएको यही हो । दलहरूले नचाएर राजनीतिक स्थायित्व नभएको हो । नेताज्यू एकपटक सोच्नुहोस् त तपाईहरूले चाहनुभयो भने रातारात देशको मुहार फेरिनेछ । भ्रष्टाचारीको अन्त्य हुनेछ । बिचौलियाको तहसनहस हुनेछ र जनताले शान्ति सुरक्षाको प्रत्याभूति पाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच