आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल

हिमालय टाइम्स
Read Time = 2 mins

रियाद । साउदी अरेबियामा पक्राउ परेका एक अमेरिकी नागरिकलाई सरकारको आलोचना गर्ने ट्वीट लेखेको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको उनको छोरालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

साउदी नागरिकता भएका ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लोरिडाबाट रियाद गएको बेला पक्राउ गरिएको थियो ।

उनको छोराले पहिलो पटक उक्त घटनाबारे सार्वजनिक रूपमा बोलेका छन्, जुन उनकै शब्दमा अमेरिकी आधिकारिक सल्लाहविपरीत हो । साउदी अधिकारीहरूले बाबुलाई गिरफ्तार गरेपछि यातना दिने अवस्थाहरूमा राखिएको उनले आरोप लगाए । आफ्ना बाबु जेलमै मृत्यु भएको आफूले देख्न नचाहेको पनि उनले बताएका छन् ।

जेल सजाय सुनाउने साउदी अदालतले उनलाई राज्यलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई समर्थन र आर्थिक सहयोग गरेकोमा दोषी ठहर गरेको थियो । अदालतमा अल्मादीले पोस्ट गरेका १४ ट्वीटलाई आधार बनाएर उनलाई सजाय तोकिएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?