बालमन्दिरलाई भायानेटको सहयोग

Read Time = 2 mins

काठमाडौं । भायानेट कम्युनिकेसन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रम बाल अधिकार र बाल हेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा आयोजना गरेको छ । कम्पनीले फिफा २०२२ विश्वकपको अवसर पारी फुटबल थिममा आधारित उत्सवको आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्काका साथै नेपाली फुटबलका खेलाडी उपेन्द्रमान सिंह, विष्णु गुरुङ, अर्पण कार्की, प्रीति राई, प्रशान्त अवस्थीलगायतको सहभागिता थियो ।

बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपाने र भायानेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकको पनि पनि उपस्थिति रहेको बताइएको छ । बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले कार्यक्रमका साथै बाल मन्दिरलाई दिएको सहयोगका लागि भायानेटलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा बालबालिका र कार्यक्रमका अतिथिबीच टिमबीचको फुटबल खेल पनि खेलाइएको कम्पनीले जनाएको छ । कम्पनीले बाल मन्दिरका सबै बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले स्टेशनरी सामग्री र शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको थियो । साथै कम्पनीले सिफलस्थित बाल मन्दिर शाखालाई निःशुल्क इन्टरनेट र टिभी सेवा उपलब्ध गराउने भएको छ भने बालबालिकालाई विश्वकप हेर्न वल्र्डकप कुपन पनि उपलब्ध गराउने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?