पूर्वमन्त्री डा. मथुरा श्रेष्ठको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नागरिक अगुवा एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहनुभएका श्रेष्ठ मानव अधिकार आन्दोलनका वरिष्ठ रक्षकको रुपमा चिनिनुहुन्थ्यो ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुुनुहुन्थ्यो । उहाँका छ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको फागुन ९ गते मंगलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?