रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।
रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि लामिछानेले फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघ संज्ञा दिनुभएको छ ।
उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन ।'
बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै उहाँले छोटो प्रतिक्रिया दिनुभएको हो । त्यसलगत्तै प्रहरीले हस्तक्षेप गरेर लामिछानेलाई अगाडि बढाएको थियो ।
लामिछानेलाई आजै पोखराबाट रुपन्देही लागिएको थियो । पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा रविलाई प्रतिवादी बनाएर उनको बयान लिइएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच