इडेन ब्रिजलाई सफलता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबिए)ले दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेको छ । बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा इबिएले हिमरश्मीलाई २२-१७ ले पराजित गर्‍यो । इबिएका आदित्य श्रेष्ठले २० स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजमा जेनिथले हार्टल्याण्डलाई ५२-२१, पिपुल्स एकेडेमीले निलायमलाई २२-१०, पुष्पसदनले न्यु जेनिथलाई ३५-१८ तथा काठमाडौं भ्याली, छाउनीले ओराकल रेलाई २७-११ ले हरायो । जेनिथका रोनिश तामाङले १५, पिपुल्सका विवेक भण्डारीले ६, पुष्पसदनका रेवन्त यादवले ९ र काठमाडौं भ्याली, छाउनीका दिपेश तामाङले २३ अंक जोड्नुभयो ।

सिनियर गल्र्समा रिब्स ‘ए’ ले काठमाडौं भ्याली, छाउनीलाई २०-७, जेसिस इन्टरनेसनलले रिब्स ‘बी’ लाई १९-६, काष्ठमण्डप विद्यालयले ग्रिनफिल्ड ‘बी’ लाई २९-९, साइ निलायमले ग्रिनफिल्ड ‘ए’ लाई २३-१५ र हिमरश्मीले इबिएलाई १५-७ ले पाखा लगायो । रिब्स ‘ए’ की नौशिका लिम्बूले ९, जेसिसकी स्मृति थापाले १०, काष्ठमण्डपकी रिया राईले ८, साइ निलायमलकी रश्मी श्रेष्ठ र दिपिशा थापाले समान ७-७ तथा हिमरश्मीकी निमा तामाङले ११ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?