रुपन्देही । पोखराबाट भैरहवामा अनुसन्धानको लागी ल्याईएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।
रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि लामिछानेले फर्किने क्रममा पत्रकारहरु संगको कुराकानीमा आफूलाई बाघको संज्ञा दिनुभएको छ ।
उहाँले प्रतिक्रिया दिँदै भन्नुभयो– ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन ।’
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
कात्तिक २ गते वनस्थलीबाट पक्राउ परेका रविलाई सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धान गर्न कास्की पु¥याइएको थियो । कास्की प्रहरीले रविविरुद्ध ठगी, कीर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार रविको मंगलबारकाे बयान सकिएको र बाँकी बयान बुधबार पनि जारी रहने बताउनु भयो । ‘सरकारी वकिल कार्यालयमा आज बयान सकिएन, भोलि पनि बयान लिइन्छ,’ राठौरले भन्नुभयोे, ‘भ्याइयो भने भोलि बयान सकेर कास्की पठाउँछौं ।’
रविमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली कास्कीमै छ । कास्की प्रहरीले रवि मात्रै नभएर उनका अर्का पार्टनर एवं गोरखा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी बञ्जाडे पनि नियन्त्रणमा छन् । छविलाई यसअघि नै रुपन्देही पु¥याएर बयान लिइएको छ ।
सुप्रिम सहकारीबाट छविका नाममा पनि २ करोड रुपैयाँ प्रवाह भएको संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
सुप्रिम सहकारी पीडितद्धारा भैरहवामा प्रर्दशन
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको रकम ठगी, संगठित अपराधसम्बन्धि कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याइएपछि सुप्रिम सहकारी पीडितहरुले भैरहवा विरोध प्रदर्शन गरेका छन् ।
सुप्रिम सहकारी पीडित समूहको नामको ब्यानरसहित उनीहरुले आफुहरुलाई न्याय दिनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । मंगलबार नयाँ सडकमा जम्मा भएका पीडितहरुले जिल्ला अदालत प्रवेश गर्ने चोकमा जम्मा भएर आफुहरुले न्याय पाउनुपर्ने माग गरे । राजनीतिक संरक्षणमा कसैलाई उन्मुक्ति दिन नहुने उनीहरुको माग छ ।
सहकारी पीडित संघर्ष समितिका अध्यक्ष बिजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाउनु भयो । ‘हामीलाई न्याय चाहिएको हो, कसैको विरोध होइन्न उहाले भन्नुभयो भने, ‘हाम्रो खुनपसिानाको बचत तुरुन्त फिर्ता गरियोस् ।’
उनीहरुले दुई वर्षदेखि न्याय माग्दै आए पनि अहिलेसम्म सुनुवाई नभएकाले प्रदर्शन जारी रहने बताउनु भयो भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले सहकारी पीडितलाई न्याय दे, सहकारी ठग्न पाइँदैन, सहकारी गठीको निष्पक्ष छानबिन गर लगायत नारा लगाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच