ललितपुर । खाद्यका लागि कृषि अभियान र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा विश्व खाद्य दिवस २०२४ सम्पन्न भएको छ । रसायन तथा विषादीरहित खेती प्रणालीको आवश्यकता झल्काउन आयोजित कार्यक्रममा अभियानका संयोजक उद्धव अधिकारीले वातावरणीय सन्तुलन कायम राख्दै साना किसान, मानव स्वास्थ्य र पर्यावरणमैत्री खेती प्रणालीको वकालत गर्दै आएको अभियानको महत्वमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा सिल्पी थियटरसँगको सहकार्यमा ‘सट्टापट्टा’ नामक नाटक प्रस्तुत गरिएको थियो, जसमा कृत्रिम रसायन र विषादी प्रयोगले माटो, हावा र पानीमा परेको नकारात्मक असरको कथा थियो । नाटकका लेखक तथा निर्देशक युवराज घिमिरेले प्रदूषणबाट मानव जीवनमा परेको संकटलाई उजागर गर्दै समस्या समाधानमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभएको थियो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले विषादी र रसायनको बढ्दो प्रयोगबाट उत्पन्न संकटलाई मध्यनजर गर्दै सरकारले ‘आइपिएम’ खेती प्रणालीलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो । एकीकृत कृषि प्रणाली प्रवद्र्धनबाट मात्रै समसामयिक संकट समाधान गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री, संसदीय दलका नेता, विभिन्न दलका सचेतक, सांसद, बागमती प्रदेशका उपसभामुख, योजना आयोगका पूर्वउपाध्यक्ष, विश्वविद्यालयका पूर्वउपकुलपति, प्राध्यापक, अभियन्ता, कलाकार, लेखक, विद्यार्थी, किसानलगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न प्रकारका रैथाने परिकार प्रस्तुत गरिनुका साथै वातावरणीय कृषिका सन्देश पनि प्रदर्शनीमा राखिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच