काठमाडौं । आफूले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणलाई प्रत्यक्ष देखेको दावी गर्दै मिडियामा अन्तर्वार्वाता दिएका व्यक्तिसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ ।
नवराज अर्याल नामक व्यक्तिले प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका दिँदै आफूले घटना प्रत्यक्ष देखेको र घटनामा तीनजना संलग्न रहेको दावी गरेका थिए ।
अन्र्तवार्ता सार्वजनिक भएसँगै सीआईबीले उनलाई हिजो दिनभर सोधपुछ गरेको हो ।
त्यसपछि लगत्तै प्रहरीले उनलाई बोलाएर बयान लिएको थियो । प्रहरीले उनको मानसिक अवस्था ठिक नभएको अनुमान गरेको छ ।
अर्यालले सोधपुछका क्रममा घटनामा संलग्न रहेका दावी गरेका तीनजनाको नाम पनि लिएका थिए । तर सीआईबीले उनले नाम दिएका व्यक्ति असम्बन्धित रहेको बताएको छ ।
सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती व्यक्तिले घटनासँग असम्बन्धित व्यक्तिहरूको नाम लिएका छन् । गाडीमा हिँडेको बेला देखेको भन्छन् । तर, घटनाको प्रकृतिसँग उनको बयान मेल खाँदैन । त्यसैले हामीले उनको बयानलाई गम्भीरतापूर्वक लिन सकेनौँ ।’
अन्तर्वार्ताका क्रममा उनी मन्त्रालयको सवारी चालकका रुपमा लामो समय काम गरेको र आफू अहिले अन्यायमा परेकोसमेत बताएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच