काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराती ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहदै आएको छ ।
यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुग्नुभएको थियो । जसमा उहाँले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहनुभएको थियो ।
बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट गर्नुभएको थियो । ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउदा खुशी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढिरहेकोमा सन्तोष व्यक्त गर्नुभएको थियो ।
नोभेम्बर ५ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेपछि ट्रम्पले ह्वाइटहाउसमा शानदार कम ब्याक गर्नुभएको छ । अहिले उहाँले आफ्नो प्रशासनमा धमाधम नियुक्तिहरू गरिरहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच