धादिङमा बोलेरो दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–४ टारी स्थित भित्री सडकमा शनिबार राति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्याल रहनुभएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धान पराल बोकेर टारीबाट अर्यालगाउँ तर्फ जाँदै गरेको गा १ ज ५५८० नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसी दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विशेष अदालतको आदेशपछि विष्णु पौडेल थुनामुक्त अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ ८ महिनामै फेरियो मकवानपुर प्रशासनको मुहार, सेवाग्राहीमैत्री बन्यो जिल्ला प्रशासन कार्यालय बाढीपहिरोले देशभरका छ राजमार्ग प्रभावित, यात्रामा सतर्कता अपनाउन आग्रह रासायनिक मल वितरणको अनुगमन अब स्थानीय तहले गर्ने : कृषिमन्त्री चौधरी टिपरको ठक्कर र खोलामा डुबेर दुई जनाको मृत्यु राष्ट्र बैंकमा राजनीतिक हस्तक्षेप घातक हुन्छ : अर्थमन्त्री वाग्ले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई फाइदा पुगेको छ : गभर्नर पौडेल दीपक भट्टको वित्तीय कारोबारमा पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न सकेन :… विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश