धादिङमा बोलेरो दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–४ टारी स्थित भित्री सडकमा शनिबार राति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्याल रहनुभएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धान पराल बोकेर टारीबाट अर्यालगाउँ तर्फ जाँदै गरेको गा १ ज ५५८० नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसी दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?