काठमाडाैं । इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरहरूमा १३ वटा हिंसात्मक आक्रमणहरू शुरू गरेका छन् । एजेन्सीले बेरुत र माउण्ट लेबनानभरि क्षेप्यास्त्रको हिंस्रक आवाज सुनिएको हारेत हरिक, घोबेरी, लैलाकी र वरपरका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ ।
इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले हरेट हईक, बिर अल-अबेद, स्फेयर, म्रेइजेह र लैलाकीका बस्तीहरूलाई खाली गर्ने चेतावनी दिएका छन् । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ ।
इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही शुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयकाअनुसार गत वर्षको अक्टोबरमा द्वन्द्व शुरु भएदेखि इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४३ पुगेको छ भने घाइतेको संख्या १४ हजार १३४ पुगेको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच