काठमाडौं । शेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । आज नेप्से १३.९५ अंक बढेको हो । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ ।
यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार १५९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ७९ कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको मूल्य भने यथावत् रह्यो ।
३ वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा बढ्दा रावा इनर्जीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी गुमाएका छन् ।
आज ग्रीनलाइफ हाइड्रोपावरको सबैभन्दा बढी कित्ता शेयर कारोबार भयो ।
लगातार २ दिन घटेको शेयर बजारमा बिहीबार भने वृद्धि देखिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच