काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्व सर्वोच्च अदालतमा मुद्वा दर्ता भएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेका पक्षमा अदालतको निर्णयविरूद्व आन्दोलन गरेको भन्दै अदालतको अवहेलना मुद्वा दर्ता भएको हो ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट दायर गर्नुभएको हो ।
रास्वपाका उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायत विरूद्व मुद्वा दायर भएको हो ।
मंसीर ३ गते सो मुद्दाको पेशी तोकिएको छ ।
भट्टराईको निवेदन सर्वोच्च प्रशासनले सुरूमा दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिएको थियो । कात्तिक १४ मा सर्वोच्च प्रशासनले निवेदन दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिनुभएको थियो । सो निवेदनमा पहिलो सुनुवाइ गर्दै अदालतले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच