म्याग्दीको घोडेपानीमा बेमौसमी हिमपात: सेताम्यै भए पहाड

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । उत्तरी म्याग्दीका पर्यटकीय स्थल घोडेपानी, पुनहिल लगाएतका क्षेत्रमा वर्षासँगै बाख्लो हिमपात भएको छ ।

वेमौसममा भएको हिमपातका कारण घोडेपानी घुम्न आएका पर्यटकहरु रमाएका छन् । वैशाखमा पनि अत्यधिक जाडो बढेपछि सास्ती भोग्नु परेपनि पर्यटकहरुको बसाइ लम्बिने भएपछि यहाँका होटल व्यवसायीहरू खुसी भएका छन् ।

समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरमा अवस्थित घोडेपानीसँगै खोपारा, पुनहिल र मोहरेडाडा लगाएतका उच्च पहाडी क्षेत्रहरुका जंगल र वस्तीहरुमा सेताम्यै हिउँले ढाकेको स्थानीय होटल व्यवसायी मिना गर्बुजा पुनले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी,पुनहिल लगाएतका क्षेत्रमा सोमबार (हिजो) दिउँसोदेखि नै सुरु भएको हिमपात रातीसम्म पनि नरोकिएको उहाँले बताउनुभयो ।

दिउँसो साढे ११ बजेबाट हिउँ पर्न थालेको हो, अझै रोकिएको छैन । जमिन र रुख बोट विरुवाहरू हिउँले सेताम्यै भएका छन् । घरका छत र छानाभरी हिउँ जमेको छ, घोडेपानी घुम्न जानुभएका बेनी नगरपालिका २ ज्यामरुककोटका नारायण सापकोटाले बताउनुभयो ।

वसन्त ऋतुमा बेमौसमी हिमपात हुँदा केही सास्ती र बढी आनन्द मिलेको सापकोटाको भनाइ छ । यसपाली पुस, माघ र फागुनमा हिमपात नभए पनि चैतको पहिलो सातादेखि हिमपात हुन सुरु गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?