लिमीको मतपेटिका हेलिकोप्टरबाट आज ल्याइँदै

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीको मतपेटिका पालिका केन्द्र ल्याउन हेलिकोप्टर पुगेको छ ।

आइतबार विहान नेपाली सेनाको हेलिकोप्टर सिमकोट पुगेर लिमी लागेको छ । मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आज लिमीको तीन, जाङ र हल्जिको जामतपत्र ढुवानी हुने भइरहेको छ ।

लिमीबाट आउने नारा र न्यालु लेकमा हिउँ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी भइरहेको हो ।

लिमीका तीन वटा मतदान केन्द्रहरूमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङमा पाँच सय भन्दा बढी मत खसेको छ । लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरू चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउँ सशस्त्र प्रहरीको सहयोगमा छिचोलेर पार गर्न सफल भएका हुन् ।

मतदान र अघिल्लो दिन लिमी जाने दुवै लेकमा हिमपात भएपनि कर्मचारी पैदल आउन नसक्ने अवस्था थियो । यसका लागि दुई दिन ढिलो गरि भए पनि निर्वाचन आयोग मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न राजी भएपछि जेठ १ गते मतपेटिका गाउँपालिका केन्द्र याल्वाङ आउने भएका हुन् । लिमीको मतपेटिका नआउँदासम्म नाम्खा गाउँपालिकाको मत गणना नभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?