काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन, सेवा प्रवाह तथा विकास निर्माणमा प्रभावकारिता सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बुधबार र बिहीबार भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य सुशासन, सेवा प्रवाह र विकास निर्माणमा देखिएका समस्याहरूको समाधानमा थप सुधार ल्याउनु रहेको छ ।
कार्यक्रममा नेपाल सरकारका सचिव, प्रदेश सरकारका प्रमुख सचिव, तथा विभागीय प्रमुखहरूले आ-आफ्नो निकाय र कार्यक्षेत्रमा आइपरेका समस्याबारे जानकारी दिनुभएको थियो। यसैगरी आयोगबाट पठाइएका सुझावहरूको कार्यान्वयनको अवस्था र आयोगसँगको अपेक्षासमेत प्रस्तुत गरिएको थियो ।
छलफलमा अर्थसचिव डा. राम प्रसाद घिमिरेले आयोजना व्यवस्थापनको प्रभावकारिता कमजोर रहेको र साना तथा टुक्रे आयोजनामा बजेट विनियोजन हुने गरेको बताउनु भयो । घिमिरेले बजेट निर्माण गर्दा यथार्थतामा आधारित हुनुपर्ने र बहुवर्षीय आयोजनामा अत्यधिक श्रोत सुनिश्चित गर्दा राज्यकोषमा दबाब सिर्जना हुने गरेको बताउनु भयो ।
मुख्यसचिव एकनारायण अर्यालले सुशासन कायम गर्नमा सबै निकायका प्रमुखहरूको जिम्मेवारी रहेको बताउनु भयो । उहाँले कानूनले दिएको अधिकार प्रयोग गरेर निर्णय गर्ने कुरामा निडर भएर सबैले काम गरेमा मात्र विकास प्रशासनले गति लिने भएकोले सबैले कार्यजिम्मेवारी पूरा गर्न लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले विकास निर्माण, सेवा प्रवाह र सुशासन तीनै तहका सरकारको जिम्मेवारी रहेकोले पदीय जिम्मेवारीमा रहने सबैले कानूनको परिपालना, खर्चको मितव्ययिता, आर्थिक अनुशासन र सरकारी सम्पत्तिको सदुपयोगरसंरक्षण गर्नैपर्ने बताउनु भयो ।
उहाँले तहगत सरकारको कार्यविभाजन थप स्पष्ट पार्नुपर्ने, सरकारका सबै निकायका जिम्मेवार पदाधिकारीहरूले आफ्नो कार्यजिम्मेवारी पूरा गर्नुपर्ने र जिम्मेवारी पन्छाउने र निर्णयरकार्यसम्पादन नगर्ने पदाधिकारीलाई कारबाहीको व्यवस्था समेत गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
राईले रुग्ण आयोजना, बहुवर्षीय श्रोत सुनिश्चित गरेका आयोजना तथा लागत अनुमान भन्दा अत्यन्त कम बजेट विनियोजन भई कार्यान्वयनमा जान नसकेका आयोजनाको अध्ययन गरेर उचित व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।
उहाँले असल नियतले कानूनले दिएको अधिकार प्रयोग गरेर जिम्मेवारीपूर्वक काम गर्दा आयोगसँग डराउनुपर्ने अवस्था नभएको र विकासको काममा आइपरेका समस्या समाधान गर्न समन्वयका लागि तत्पर रहेकोले सबै तहका सकारले आफ्नो जिम्मेवारी मनन् गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आयोगले बेलाबेलामा सुझावहरू दिएर प्रचलित कानूनी व्यवस्थाकै पुन स्मरण मात्र गराएकोले सुझावको कार्यान्वयनबाट विकास निर्माणमा बाधा पुग्ने नभई थप प्रभावकारिता आउने भएकोले उक्त सुझावहरू कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच