मिलान र युभेन्ट्सको जित

Read Time = 3 mins

 

मिलान । एसी मिलान र युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित हात पारेका छन् । मिलानले घरेलु मैदानमा फियोरेन्टिनालाई दुई-एकले पराजित गरेको हो । मिलानको जितमा राफायल लियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फियोरेन्टिनाका एन्टोनिन बराकले एक गोल फर्काउनुभयो ।
खेलको दोस्रो मिनेटमा राफायल लियोको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लियो । २८औँ मिनेटमा एन्टोनिन बराकले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा निकोला मिलिन्कोभिचले आत्मघाती गोल गरेपछि मिलान दुई–एक ले विजयी हुन सफल भयो । यस जितसँगै मिलान १५ खेलबाट ३३ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । मिलान शीर्षस्थानको नेपोलीभन्दा आठ अंकले पछि छ । पराजित फियोरेन्टिना १९ अंक जोडेर १०औँ स्थानमा छ ।

अर्काे खेलमा युभेन्ट्सले लाजियोलाई तीन-शून्यले पराजित ग¥यो । युभेन्ट्सको जितमा मोइस किनले दुई तथा एर्काडिअस्ज मिलिकले एक गोल गर्नुभयो । यस जितसँगै तेस्रो स्थानमा उक्लिएको युभेन्ट्सको १५ खेलबाट ३१ अंक पुगेको छ । पराजित लाजियो ३० अंक जोडेर चौथो स्थानमा झरेको छ ।

यता प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली फुलहमलाई दुई-एकले पराजित गरेको छ । युनाइटेडको जितमा क्रिस्टियन एरिक्सन र एलेजान्द्रो गर्नाचोले गोल गर्नुभयो । फुलहमका ड्यानियल जेम्सले एक गोल फर्काउनुभयो ।

यस जितसँगै युनाइटेड १४ खेलबाट २६ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । पराजित फुलहम १९ अंक जोडेर नवौँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?