सत्ता गठबन्धन बैठक : मन्त्रालय बाँडफाँटमा मिलेन भागबन्डा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच सरकार विस्तारबारे प्रारम्भिक छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा प्रारम्भिक छलफल भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले मन्त्रिपरिषद् विस्तारबारे टुंगो नलागेको बताउँदै भन्नुभयो, 'आज प्रारम्भिक छलफल भयो। सरकार विस्तारबारे थप छलफलका लागि प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक बोलाउनुहुन्छ। अहिले नै सरकार विस्तारको कुनै टुंगो लागेको छैन।'

कुन-कुन पार्टीले कति मन्त्रालय पाउने निश्चित भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा लेखकले अहिले प्रारम्भिक छलफल मात्रै भएको बाँकी कुरा विस्तारै छलफल गरिने उनले बताए । ‘आवश्यकताअनुसार अर्को बैठक बस्छ।' भन्नुभयो ।

साथै बैठकमा अयोग्य लडाकुलाई पैसा दिने विषय पनि उठेको र उक्त विषयमा प्रधानमन्त्रीले कुनै पनि निर्णय नभएको बताउनु भएको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएका प्रधानमन्त्री प्रचण्डले यही साता सरकारलाई पूर्णता दिने तयारी गरिरहेको छ । तर, सत्ता साझेदार दलबीच भागबन्डा मिल्न सकेको छैन।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?