हिरो ब्राण्डको ‘लेक्ट्रो’ साइकल

Read Time = 2 mins

ललितपुर । निम्बस समूहले भारतीय अटोमोबाइल ब्राण्ड हिरोद्वारा उत्पादित ‘लेक्ट्रो’ विद्युतीय साइकलको पहिलो शोरुम नेपालमा स्थापना गरेको छ । समूहअन्तर्गतको निम्बस इन्टरनेसनल प्रालिले कान्तिपुर कफीसँगको सहकार्यमा पुल्चोकमा पहिलो शोरुम सञ्चालनमा ल्याएको हो । शोरुम शनिबार पूर्वमन्त्री केशब बडालले उद्घाटन गर्नुभयो । निम्बस समूहले भिœयाएको लेक्ट्रो साइकलको विशेषताअनुसार करिब ५० हजारदेखि डेढ लाख रुपैयाँ मूल्यसम्मका रहेका छन् ।

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले पछिल्लो समय साइकल कल्चरको विकास हुँदै गएको र वातावरणीय तथा पेट्रोलियम प्रयोग न्यूनीकरण गर्दै जाने अभियानलाई समेत दृष्टिगत गरी प्रतिष्ठित ब्राण्डका विद्युतीय साइकल बिक्री सुरु गरेको बताउनुभयो ।

साइकल किन्न आउने ग्राहकलाई नेपाली कफीको पनि स्वाद चखाउने उद्देश्यले फरक अवधारणामा शोरुम सञ्चालनको सुरुवात गरेको जानकारी दिँदै क्रमशः स्पोट्र्स क्याफेको विकास गर्दै जाने सोच रहेको बताउनुभयो ।

कान्तिपुर कफीका अनिश बडालले निम्बस होल्डिङ र कान्तिपुर कफीको सहकार्यमा फरक मोडलमा आफूहरूले व्यवसाय सुरु गरेको बताउनुभयो । शोरुममा साइकल बिक्रीमात्रै नभएर मर्मतको सुविधा पनि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?