काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतवार साँझ फेरि भेट भएको छ ।
उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि छलफल चलिरहेको छ ।
आइतबार बिहान पनि उहाँहरु दुईबीच भेटवार्ता भएको थियो । आज साँझ भने एमाले महासचिव शंकर पोखरेललाई समेत लिएर अध्यक्ष ओली बालुवाटार जानुभएको हो ।
उहाँहरुबीच भइरहेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज बिहान पनि छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच