कोकको फेरि ‘चिल एन विन २.०’ क्याम्पेन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोका-कोला नेपालले ‘चिल एन विन’ को अपार सफलतापछि फेरि सोही क्याम्पेन ल्याएको छ । क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारका रूपमा एउटा कार तथा साप्ताहिक रूपमा आठजनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ । साथै दैनिक टप–अपसहित स्मार्टफोन पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

क्याम्पेनमा सहभागी हुन ग्राहकले कोका-कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतल (आरजिबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ । जुन कोड ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइटमा पनि पठाउन सकिन्छ । एसएमएसमार्फत् इन्टर गर्न, सहभागीले मेसेज बक्समा गई ३४००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।

यसको विकल्पमा ग्राहकले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । क्याम्पेन ३१ अक्टोबरसम्म चल्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?