अहिले विद्युतीय सामग्रीको बजार कस्तो छ ?
केही वर्षअघि विद्युतीय सामग्रीको बजार राम्रै थियो तर अहिले केही खस्किएको अवस्था छ । अहिले मन्दीका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा निर्माण क्षेत्र पनि सुस्ताएको छ । निर्माण क्षेत्र सुस्ताउँदा विद्युतीय सामग्रीको बजार पनि सुस्ताएको हो । किनभने विद्युतीय सामग्री भनेको निर्माण क्षेत्रसँग अन्तरसम्बन्धित सामग्री हो ।
के-कस्ता विद्युतीय सामग्री स्वदेशमै उत्पादन हुन्छन् ?
खासगरी वायर केबुल र ट्रान्सफर्मरलगायतमा हामी आत्मनिर्भर छौँ । हाम्रोमा उत्पादन हुने सामानहरू गुणस्तरीय पनि छन् । त्यसबाहेक स्विच, एलइडीलगायतका सामानहरू आयात हुने गरेको छ ।
सबै विद्युतीय सामानहरू यहीँ उत्पादन गर्न सकिँदैन र ?
दुनियाँमा असम्भव भन्ने केही पनि छैन । गर्न चाहृयो भने नसकिने होइन तर त्यसका लागि सरकारले पनि वातावरण बनाउनुपर्छ, सरकारको सपोर्ट चाहिन्छ । मुख्य कुरा यहाँ नीतिगत स्थिरता छैन । नीतिगत स्थिरताबिना लगानीको वातावरण बन्दैन । नीतिगत स्थिरता, सरकारको सपोर्ट भएन भने चलिरहेका उद्योग पनि बन्द हुन्छन् । त्यसैले औद्योगिकीकरणका लागि सरकारको लङ टर्म भिजन हुनुपर्छ । सरकार परिवर्तन भएसँगै पोलिसी चेन्ज हुने, मन्त्री फेरिएसँगै पोलिसी चेन्ज हुने अवस्था रहेसम्म लगानीकर्ताले लगानी गर्दैनन् ।
नेपालमा विद्युतीय सामग्रीका उद्योग कति छन् ?
साना ठूला गरेर एक सयभन्दा बढी नै रहेका छन् । झण्डै तीन हजार उद्योगी व्यवसायी यस क्षेत्रमा संलग्न रहेका छन् । तर, तयारी सामान र औद्योगिक कच्चा पदार्थ आयातमा उस्तै भन्सारदर भएका कारण स्वदेशी उत्पादनले आयातित सामानसँग मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ । सोही कारण पनि यहाँ विद्युतीय सामग्रीका थप उद्योग आउन नसकेको अवस्था छ । स्वदेशी उत्पादनको नारा लगाइएको छ तर नाराअनुसार कार्यान्वयन छैन । अहिले पनि मागको ७० प्रतिशत विद्युतीय सामान आयात नै हुने गरेको अवस्था छ ।
महासंघले हरेक दुर्ई वर्षमा विद्युतीय सामग्रीको व्यापार मेला गर्दै आएको छ । मेलाबाट व्यवसाय प्रवद्र्धनमा कत्तिको सहयोग पुगेको छ ?
व्यापार मेलाबाट उद्योगी, व्यवसायी, उपभोक्ता सबै लाभान्वित हुने गरेका छन् । मेलामा झण्डै ८२ वटा स्टल रहेका छन् । जसमा भारतीय व्यवसायीका छुट्टै स्टल रहेका छन् । ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ को हलभित्र ४४ ब्लक, २८ स्टल रहेको एक प्याभिलियन र हलबाहिर डोममा २६ स्टल रहेका छन् । मेलामा स्वदेशी उत्पादनका साथै भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्ससम्बन्धी उत्पादन रहेका छन् । ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीलगायत रहेका छन् । यस वर्ष ११औँ संस्करणको आयोजना हुन लागेको हो ।
व्यापार मेलालाई सरकारले पनि सहयोग गरेको छ कि ?
सरकारबाट खासै सहयोग छैन । नेपाल विद्युत् प्राधिकरणले एउटा लोगो दिएको छ तर आर्थिकरूपमा सपोर्ट छैन । सरकारले एउटा सुविधासम्पन्न प्रदर्शनी स्थलको व्यवस्था त गर्न सकेको छैन । वर्षौंदेखि यही भृकुटीमण्डपको अव्यवस्थित ठाउँमा मेला आयोजना गर्नु परिरहेको अवस्था छ । सन् २०१२ देखि हामीले यही ठाउँमा मेला आयोजना गर्दै आएका छौँ तर मेलास्थलको अवस्था अहिले पनि उस्तै छ, कुनै सुधार छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच