काठमाडौं । कथाकार गुरूप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथासंग्रह ‘नासो’मा संग्रहित छ ।
चलचित्रका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिनुभएको हो । निर्माता पोखरेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ को दशैँमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गर्नुभएको थियो ।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले चलचित्रमा प्रस्तुत गर्न लागेको बताउनुभयो । लक्ष्मण सुनारको निर्देशन रहने यो चलचित्र फागुनदेखि छायांकनमा जाँदैछ । निर्माण पक्षले कलाकार फाइनल हुन बाँकी रहेको जनाएको छ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झै-झगडालाई प्रस्तुत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच