काठमाडौं । सिएफ मोटो नेपालको अधिकृत बिक्रेता रिलायन्स ग्रुप नेपालले ‘सिएफ मोटो एडभेन्चर राइड २०२४ः अपर मुस्ताङ’को घोषणा गरेको छ । उक्त अभियानले हालै लञ्च गरिएको ४५० एमटीको क्षमता र प्रदर्शनलाई दर्शाउने बताइएको छ ।
नाडा २०२४ मा लञ्चपछि छोटो समयमै बजारमा स्थापित भएको ४५० एमटी एडभेन्चर चाहनेका लागि नभइनहुने बाइकका रूपमा परिचित भइसकेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार साहसिक यात्रा २०२४ डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म आयोजना हुने र सहभागीहरूले काठमाडौंबाट कोरला सीमासम्म एक हजार किलोमिटरभन्दा बढीको चुनौतीपूर्ण यात्रा पार गर्नेछन् ।
डिसेम्बर २ मा काठमाडौंबाट प्रस्थान गर्दै चितवन राष्ट्रिय निकुञ्ज, पाल्पा तानसेन, कालापानी, पवित्र तीर्थस्थल मुक्तिनाथ र प्रसिद्ध लोमान्थाङ शहरमा विश्राम गरी कोरलासम्म पुग्नेछन् । नेपालस्थित वितरक ऋषि ट्रेड सेन्टरका प्रबन्ध निर्देशक उज्ज्वल जोशीले भन्नुभयो, ‘यो यात्राले साहसिकताको वास्तविक सार समेट्छ । राइडरहरूले अप्रशोधित बाटाहरू पार गर्दै नेपालका लुकेका रत्नहरू पत्ता लगाउनेछन्, जुन कुनै पनि भू-भागमा सजिलै चल्ने गरी तयार गरिएको मोटरसाइकलमा हुनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच