काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भयो । सञ्चालक समिति अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको साधारणसभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्था आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ लाख ८३ हजार आठ सय सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको असोजसम्म ६१ जिल्लाका एक सय ४५ शाखा/उपशाखा कार्यालय तथा नौ इलाका कार्यालयमार्फत् दुई लाख लाख ६१ हजार सात सय ४५ महिला ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाले सो अवधिमा संस्थाको लगानीमा रहिरहेको कर्जा रकम २१ अर्ब ३१ करोड २१ लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा १४ अर्ब ३९ करोड १९ लाख रहेको संस्थाले जनाएको छ ।
संस्थाको जारी तथा चुक्ता पुँजी एक अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । साथै साधारणसभाले संस्थाको सञ्चालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकमा रविनकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको पनि कम्पनी सचिव गोविन्द चापागाईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच