राजविराज । सप्तरीको राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सप्तरी जिल्ला अदालतले कारागारका कर्मचारी राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।
विगत १७ वर्षदेखि करार सेवामा कार्यरत ३० वर्षीय यादव राजविराज कारागारका कार्यालय सहयोगी हुन् ।
यादवविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिनुभयो ।
पीडित भनिएकी महिलाले ८ महिना अघि कार्यालय सहयोगी यादवले कारागारको प्रशासनिक कक्ष नजिकैको बिजुली घरमा लगेर बलात्कार गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन् । ती महिला हाल उदयपुर जिल्ला कारागारमा बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका बखत २०८० माघ ५ गते दिउँसो ४ बजेतिर कार्यालय सहयोगी चन्दनले बिजुली घरमा लगेर डर, त्रास र धम्की दिँदै बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
सो जोहरी जिल्ला प्रहरी कार्यालय उदयपुर हुँदै जिल्ला प्रहरी कार्यालय सप्तरी आइपुगेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पीडित भनिएकी महिला २०७६ साउन १६ देखी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा बन्दी जीवन बिताइरहेकी छिन् । यादवविरुद्ध पक्राउ पुर्जी जारी भएकाे प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले पुष्टि गर्नुभयाे ।
आरोपी चन्दनले भने ती महिलाले लगाएको आरोप असत्य रहेको दाबीका साथ आफू विरुद्ध पक्राउ पुर्जी जारी भएकाले एक दुई दिनभित्रै अदालतमा उपस्थित भई आफ्नो पक्ष राख्ने बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच