उपसभामुखमा कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

फाईल फाेटाे

हिमालय टाइम्स
किशन अर्याल
Read Time = 1 min

काठमाण्डौं । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उहाँले उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ ।

लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो । सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा गौतमको उम्मेदवारी परेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?