पूर्णिमा र पुष्पराजको स्वरमा ‘रूपै मोहनी’

Read Time = 1 min

काठमाडौं । पूर्णिमा लामा र पुष्पराज बसेलको स्वरमा रहेको गीत ‘रूपै मोहनी’ सार्वजनिक भएको छ । रामकृष्ण महराको शब्द, भीम बिसीको संगीत र आमोस तामाङको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जि.बी अग्रीको निर्देशन रहेको गीतको भिडियोमा महेश खडका र बिडी शाहको अभिनय छ । पवन सुस्लिङको छयांकन तथा सम्पादन रहेको भिडियोमा किशोर थापाको मिक्सिङ छ । दीपक एम सिंहको नृत्य निर्देशन रहेको गीतको भिडियो ओएसआर युटुब च्यानलमार्फत सार्वजानिक गरिएको हो ।

गायिका पूर्णिमा लामा गीतसंगीत क्षेत्रमा विगत डेढ दशकदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । उहाँका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?