काठमाडाैं । पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा क्रोसियासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पोर्चुगल क्रोसियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पोर्चुगलका लागि खेलको ३३औ मिनेटमा जोआओ फेलिक्सले शुरुवाती गोल गरेका थिए भने क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औं मिनेटमा बराबरी गोल गरेका थिए ।
यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई खेलाएको थिएन । यो जितपछि पोर्चुगल समूह एकमा शिर्ष स्थानमा रहदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै क्रोसिया भने दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । क्रोसियाको ६ खेलमा ८ अंक रहेको छ ।
त्यस्तै यस समुहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो हुदै रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुदै नेसन्स लिग बी मा रेलिगेट भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच