बृहद् शान्ति सम्झौताको समरण एउटा सामान्य कर्मकाण्ड जस्तो भएको छ । आज शान्ति सम्झौताका अठार वर्ष पूरा भएका छन् । तर परिवर्तनको अर्थ भ्रष्टाचार, व्यभिचार, पक्षपात, आफन्तवाद, कानुन उल्लंघन, संविधान उल्लंघन र अराजकताले उच्चस्थान ग्रहण गरिरहेको छ । के शान्तिको अर्थ यही नै हो ? होइन भने आजको तस्वीर हेरे पुग्छ । परिवर्तनपछि विकास र समृद्धिका लागि नेता हुनेमा नेतृत्व क्षमता आवश्यक पर्छ । नेतृत्व क्षमता नभएका वा भएर पनि त्यसको दुरुपयोग गरेकाहरू पनि सही ठाउँमा फड्को हान्न पुगेको अवस्थामा शक्तिमा पुगेको पाइएको छ । केही नेताहरू अपराध कर्मबाट राजनीतिज्ञहरूलाई आफ्नो प्रभावमा राखेर पनि सत्तासम्म पुगेका छन् । तिनलाई कहिले भाग्यले साथ दिएकाले त कहिले आफूले गरेको अपराध कर्मले नै सत्तासम्म पुर्याउने गरेको हुन्छ भने कहिले त्यही कर्मले कारागारको बाटो तय गर्छ । देशमा हाल यस्तै भइरहेको छ । केही नेताहरू आफूले गरेको अपराध कर्मका कारण हाल जेलमा छन् भने केहीको यस्तै अभियोगमा अनुसन्धान भएरहेको छ । यस्ता कारणले हाम्रो देशका राजनीतिहरूको समूह अपराधीहरूको झुण्डका रूपमा परिणात हुँदै गइरहको जस्तो देखिने गरेको छ ।
पहिले राजनीतिज्ञहरूप्रति हुनेगरेको सम्मानको भावना हाल मेटिँदै गइरहेको छ । हुन त यस्ता घटना जुनसुकै समय र भूगोलमा पनि हुने गर्छन् तर त्यस समयको कानुन र त्यस भूगोलको कानुनबाट त्यस्ता घटनामा कमबेसी भने हुने गर्दछन् । इस्लामिक कानुन भएका देशहरूमा सानो-सानो अपराधमा पनि मृत्युदण्ड दिने गरिन्छ तैपनि त्यहाँ आपराधिक घटना नहुने होइनन् । कानुनको कार्यान्वयनमा कडाइ र व्यवस्थित भएका युरोप र अमेरिकातिर अपराध कमै हुने गरेको पाइन्छ । अझै त्यतातिर आर्थिक अपराधका घटना त ज्यादै कम हुने गर्दछन् । दक्षिण कोरिया तथा जापान जस्ता देशहरूका उच्चपदीय हैसियतमा पुगेका व्यक्तिहरूलाई आर्थिक अनियमितताको अभियोग लागेर जेल सजाय दिएका घटनाले त्यहाँ कानुनको सम्मान र पालना हुनेरहेछ भन्ने थाहा हुन्छ ।
मुस्लिम देशहरूमा मृत्युदण्डकै सहारा लिइन्छ । एउटा शासकले अर्कोलाई प्रतिस्थापित गर्ने बित्तिकै मृत्युदण्ड दिएका अनेकौं घटना छन् । हाम्रोमा भने जुन पार्टीको जो नेता भए पनि त्यसप्रति अर्को पार्टीका नेताहरूको सहानुभूति रहने गरेको छ । यसको कारण गम्भीर छ । आर्थिक अपराधमा सबैको संलग्नता जोडिएको हुन्छ । त्यसैले शीर्षनेताहरू सधैं सँगसँगै हुने गर्छन् । हाल जेलमा रहेका केही नेताहरू आर्थिक अनियमितताले भन्दा गम्भीर अपराधमा संलग्न भएर जेलजीवन भोगिरहेका छन् । जेल गएका नेताहरूको समूह निकै ठूलो छ । यसमा गुण्डागर्दीबाट आएकाहरूदेखि राजनीतिक पृष्ठभूमिबाटै आएका र राजनीतिबाटै आफ्नो करियर बनाएका तर पछिल्लो मोडमा आपूmले गरेका कार्य आपराधिक व्यक्ति र घटनासँग जोडिन पुगेकाले ती जेल बस्न बाध्य भएका छन् ।
आर्थिक अपचलन एकातिर तिनको जेलयात्राको कारण बनेको छ भने अपराध गर्ने मनसायबाटै जानीबुझी गम्भीर अपराध गरेबापत जेल जीवनको कारक बनेको छन् । भुटानी शरणार्थीको प्रकरणमा जानीबुझी योजनाबद्ध रूपमा तिनले त्यस्तो अपराधको सिर्जना गरेका हुन् तर राजीव गुरुङहरू जस्ताले राजनीतिमा आउनुभन्दा पहिले गरेका अपराध मानिसलाई कुट्ने जस्तो अपराधमै सोझो गरी परिभाषित हुने खालका छन् । लुट्ने धम्क्याउने मानिस अपहरण गर्ने फिरौती असुल्ने एक प्रकारका अपराधी हुन्, तिनको अपराधमा मात्रै संलग्नता रहने र राजनीतिसँग सम्बन्ध नरहने अवस्था रहन्छ तर राजनीतिक नेतृत्वले तिनलाई प्रयोग गरेर तिनका अपराध चोख्याउने गरेका पनि छन् ।
पछिल्ला दिनमा अपराधीहरू राजनीतिमा आउने गरेका हुन् । शालीन खालका र राम्रो छवि भएका नेताहरूले स्थापित गरिदिएको राजनीतिक विरासत चलाउनेहरू पनि हाल तिनको इज्जत र इमानसमेतलाई धुमिल पार्दै अपराधीहरूको निकट भइरहेका छन् । पहिले राजनीतिक कारणले कोही जेल प¥यो भने त्यस्ता आस्थाका बन्दीहरूप्रति सामान्य राजनीति बुझेका सामान्यभन्दा सामान्य मानिसहरूको समेत गहिरो सहानुभूति रहने गथ्र्यो । त्यसरी आर्जन गरेको सहानुभूति फष्टाउन निकै वर्ष लाग्छ । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, पुष्पलाल, मनमोहन अधिकारीहरूले आफूले कष्ट व्यहोरेर भए पनि राजनीतिको एउटा किल्ला तयार गर्नुभएको थियो ।
त्यस बेलाको त्यही सहानुभूतिका कारण २०४६ सालको जनआन्दोलनले सफलता पाएको हो । यस्ता कुरा अनगिन्ती छन् र तिनले दीर्घकालीन प्रभाव पारेका छन् तर हाल मानव तस्करी गरेर, मानिसलाई इँटाभट्टामा पोलेर, सरकारी रकम अपचनल गरेर, जनताको बचत खाएर जेल परेकाहरूप्रतिको घृणा चुलिँदै गएको छ । जनतामा रहेको यो घृणा जबसम्म सहानुभूति र सम्मानमा परिणत हुनसक्दैन त्यस बेलासम्म रानजीति र राजनेताहरूप्रतिको घृणा हटेर जाँदैन । कारागारहरूमा राजनीति गरेको कथित नेताहरूको भिड लागुञ्जेल राजनीति संलो हुन सक्दैन ।
अझै अर्को यथार्थ तथ्य के हो भने विभिन्न अभियोग लागेका जति नेताहरू जेलमा छन् राम्ररी खोजबिन र छानबिन हुने हो भने त्यसभन्दा दशौं गुणा बढी राजनीतिक व्यक्तिहरू जेल पर्न सक्छन् । हालका दिनमा सेता रंगका अपराधी ती बाहिर राजनीतिज्ञको आवरणमा छन् । छानबिन गर्ने निकाय पनि सशक्त हुनसकिरहेका छैनन् । अपराध मुकरर गर्ने निकाय नै निरीह बनिदिँदा हालका दिनमा तिनको सही परिचय लुप्त बनिरहेको छ । विदेशी बैंकमा खर्बाैं राख्नेहरूदेखि विभिन्न देशमा खर्बाैंको लगानी गर्नेहरू पनि सफेद रंगी अपराधी (हृवाइट कलर क्रिमिनल) भएर पनि वरिष्ठ राजनेताका रूपमा सम्मानित भइरहेका छन् । यसलाई नेपाली जनताको विडम्बना मान्नुपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच