काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि नेपालले जितेको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस् हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल हुनुभएको हो । मिसतर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पर्नुभयो । दुवै शीर्ष विजेताले पर्सनालिटी बिधाको अवार्डसमेत हात पार्न सफल रहे ।
प्रतियोगितामा ‘मिसेस हेरिटेज इन्टरेनसनल’तर्फ फिलिपिन्स फष्ट रनरअप, भारत सेकेण्ड रनर अप, लाट्भिया थर्ड रनर अप र सर्विया फोर्थ रनर अप बन्दा मिसेस्तर्फ म्यानमार फष्ट रनर अप, युके सेकेण्ड रनर अप, जापान थर्ड रनर अप र पेरू फोर्थ रनर भयो । इप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना रहेको प्रतियोगिताको संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले सह-समन्वय दुर्गा बिशुरालद्वारा गरिएको थियो ।
स्टेज प्रस्तुतीकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर बेस्ली शले संयुक्त रूपमा सम्लाहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिनुभयो । सौन्दर्य प्रतियोगितामार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवद्र्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगिताको सातौं संस्करण हो ।
बालबालिकालाई पनि सफलता
थाइल्याण्डमा आयोजित ‘हेरिटेज प्याजेन्ट्स २०२४’मा नेपाली बालबालिकाले सफलता प्राप्त गरेका छन् । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टका तर्फबाट सहभागी बालबालिका मध्ये प्रणय मानन्धरले ‘हेरिटेज जेम्स इन्टरनेसनल २०२४’को शीर्ष उपाधि चुम्दा क्यारिन दोङले ‘हेरिटेज जेम्स वल्र्ड’को ताज पहिरिन सफल हुनुभयो ।
प्रतियोगितामा निशान उलक ‘हेरिटेज जेम्स अर्थ फष्ट रनर अप’ र नभ्नी उलक ‘हेरिटेज जेम्स एशिया फष्ट रनर अप’को रूपमा चयन हुनुभयो । थाइल्याण्डको राजधानी बंैकक शहर आयोजित प्रतियोगीतामा बालबालिकालाई इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टकातर्फ प्रतियोगिताका लागि नेसनल डाइरेक्टर धीरज तण्डुकारले नेतृत्व गर्नुभएको थियो ।
सहभागी चारजानै बालबालिका इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा सम्पन्न ‘नेसनल किड्स अफ द इयर २०२४’का विभिन्न उपाधि विजेता हुन् ।
सहभागी बालबालिकामध्ये क्यारिन दोङ नेसनल किड्स अफ द इयरका सिनियरतर्फका विजेता हुनुहुन्छ । निशान उलक फष्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियरतर्फका विजेता हुनुहुन्छ । नभ्नी भने सिनियरतर्फका मोष्ट डिसिप्लीन उपाधि विजेता हुनुहुन्छ । हेरिटेज प्याजेन्टस्मा सहभागी हुने नेपाली बालबालिकाहरूको विभिन्न प्रस्तुतिका ड्रेसहरू भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर ड्रेस हायर सेन्टरले तयार पारेको हो ।
ट्यालेन्ट राउण्डका लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराउनुभएकी हुनुहुन्छ भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिनुभएको थियो । सहभागीको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच