काठमाडौं ।अहिले बजार फलफूलमा अलि प्रशस्त पाइने सिजनेवल फल सुन्तला हो ।चिसो ठाउँमा चिसो मौसममा फलेको फल सुन्तला खानुका धेरै फाइदा छन् । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ।
सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ।
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसको नियमित प्रयोग गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ। सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छ। यिनले मुटुको गतिविधिलाई सुचारु राखी मुटुलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ। पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ। सुन्तला नियमित खान सक्यो भने यो रोगमा केही कमी आउनसक्छ। सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्। यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन्।
‘सी’ को अलवा सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैन। सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ।
बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
दिनहुँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ भने दम, ब्रोङकाइटिस, र मुटुको रोगीलाई फाइदा पुर्याउँछ ।
क्यान्सरको जोखिम घटाउँछ सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्नेबाट जाेगाउन सक्छ ।
सुन्तला खाइरहने गर्नले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन । सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।
कोलेस्टरोल घटाउँछ सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।
आँखा तेजिलो बनाउँछ सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच