काठमाडौं । काठमाडौं जिल्ला कराँते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराँते संघको संयोजनमा राष्ट्रिय इलिट कराँते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ । प्रशिक्षणमा करिब १५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जनाउनुभएको छ ।
सहभागीलाई कराँतेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र कराँतेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ । उहाँहरूलाई काठमाडौं जिल्ला सितोरियो कराँते संघका अध्यक्ष एवं शंखडोल कराँते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारञ्जितले सहयोग गर्नुहुनेछ ।
त्यस्तै सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, स्पोर्ट्स साइकोलोजी र खेलकुद विज्ञानसम्बन्धी ज्ञान दिनुहुनेछ । तीनदिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराँते एकेडेमीमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच