शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । 'यो देशमा म एउटा मानिस खोजी रैछु' जस्ता चर्चित गीतका गायक शिशिर योगीको स्वरमा नयाँ गीत 'बुद्ध जीवन सार्वजनिक भएको छ ।

गीतको रचना ८० वर्षीय सर्जक केशबराज राजभण्डारीले गरेका हुन् । राजभण्डारी पूर्व मुख्य सचिव/, पूर्व निर्वाचन आयुक्त तथा पूर्व रक्षा सचिवको रुपमा काम गरिसकेका एक वरिष्ठ पूर्व प्रशासक हुन् । भजनसम्बन्धी उनका केही गीत रेकर्ड भएका छन् भने अध्यात्मसम्बन्धी थुप्रै पुस्तक पनि प्रकाशित छन् ।

बुद्ध जयन्तीको अवसरमा ल्याइएको सो गीतलाई संगीतकार राजु सिंहको जादुमय संगीतले जीवन्त तुल्याएको छ भने गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । त्यस्तै गितारमा गोपाल रसाइली र बाँसुरीमा उमेश पण्डित रहेका छन् । भावमा डुबेर बजाउन सक्ने पण्डितको कलाले गीत उत्तिकै बेजोड बनेको छ। सो गीतको छायांकन र दृश्य सम्पादन विरेन्द्र भाट विपीनले गरेका छन् ।

गायक योगीले गीतलाई मीठाे स्वर मात्रै दिएका छैनन् उनको अभिनय काैशलले सुनमा सुगन्ध थपेको छ । शिशिर योगी अफिसियल युट्युव च्यानलबाट रिलिज भएको गीतले संसारभरिका मानव कल्याणका लागि बुद्धको सन्देश प्रवाहित गरेको छ ।

योगीको उक्त युट्युव च्यानलबाट मानिस खोजिरहेछु, कर्णालीपारि, बोल्ने कोही छैन, सांरगी त रेटे पनि, मरिलानु के नै छ' जस्ता सयौं गीतको रसास्वादन लिन सकिन्छ ।

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय कलाकार शिशिर योगीले गीतकार केशवराज राजभण्डारीको बुद्ध जीवन गीतलाई मीठो स्वर दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?