बाँकेका अस्पताल तयारी अवस्थामा, घाइतेहरुलाई नेपालगञ्ज ल्याइदै

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बाँके । जाजरकोटमा गएराति गएको भुकम्पमा परी घाइते भएकाहरुको उपचारका लागी बाँकेमा रहेका अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान ३ वजेदेखि नै तयारी थालिएको हो । जिल्लामा रहेका भेरी अस्पताल ., कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज नर्सिङ्ग होम , सैनिक अस्पताल लगायत अन्य दर्जनौ अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी लालबहादुर गुरुङ्गले हिमालय टाइम्सलाई बताउनुभयो ।

उहाँका अनुसार, अस्पतालमा घाइतेहरुको उपचारका लागी बेड तयारी अवस्थामा राखिएको बताउनुभयो । पर्याप्त मात्रामा डाक्टर, नर्सिङ्ग स्टाफ, र लजिस्टिकको पनि प्रबन्ध मिलाइएको छ । साथै हेलिकप्टरबाट आउने घाइतेहरुको लागी राँझा विमानस्थल र आर्मिको हेलिप्याडमा एम्वुलेन्स पनि तैनाथ गरिएको छ ।

साथै ब्लडको मौज्दात रहेको र अपुग भएका ब्लड आपुर्तिको लागी रक्तदाता र सुरक्षाकर्मीको सहयोगमा व्यवस्था पनि मिलाइएको छ । साथै प्रशासनले घाइतेहरुको आफन्तको सहजताको लागी स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठलाई फोकल पर्सन पनि तोकेको छ । केहि घाइतेहरुको उपचार सुरु भएको बताइएतापनि कती जना घाइतेलाई नेपालगञ्ज ल्याइएको छ ।

गएराती जाजरकोटको बारेकोटमा केन्द्रविन्दु भएर गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको छ । अहिले पनि सो क्षेत्रमा उद्धारको कार्यजारी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?