काठमाडौं । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डा.आयुष्नोभा ढुंगाना इजिप्ट प्रस्थान गर्नुभएको छ । इजिप्टको शर्म अल शेखस्थित सनराइज रिमल होटलमा २१ नोभेम्बरदेखि आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न उहाँ बिहीबार मध्यान्न इजिप्ट प्रस्थान गर्नुभएको हो ।
इजिप्ट उड्नु अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्तलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनु गौरवको विषय भएको बताउनुभयो । प्रतियोगिताको शीर्ष उपाधि नेपाल भिœयाउने आफ्नो पहिलो लक्ष्य हुने उहाँको भनाइ थियो ।
५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगितामा उहाँ नेपालको एक्लो सहभागी हुनुहुन्छ । राष्ट्रिय फूल लालिगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर उहाँले प्रतियोगिताका लागि पहिरनसमेत तयार गर्नुभएको छ । प्रतियोगिताका लागि उहाँले एक भिडियो पनि बनाउनुभएको छ । जसमा नेपालको ऐतिहासिक धरोहर मठ-मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषि र नेपाली पहिरनलगायत कलासंस्कृतिसमेत झल्काउनुभएको छ ।
कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहनुभएकी ढुंगाना बंगलादेशबाट एमबिबीएस गर्नुभएको हो । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उहाँले १०० प्रतिशत क्रेडिट पाउनुभएको थियो । उहाँले अहिले हार्वर्ड स्कुलकै अटिजम पोष्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच