काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ ।
बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताउनु भएको हो ।
व्यवसायी प्रसाईं र युवा संघले गर्ने भनिएको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै मञ्चले आयोगलाई ज्ञापनपत्र बुझाएपछि अध्यक्ष मगरको सो प्रतिक्रिया आएको हो ।
अध्यक्ष मगरले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच